• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन जाने

  •  नेपाल चौतारी
  • २०८३ असार ७, आईतवार ११:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– चितवनमा आजदेखि सुरु हुन लागेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट उच्च तहको प्रतिनिधित्व हुने भएको छ।

    नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन आफैँ चितवन हिँडेका छन्।

    कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले दिएको जानकारीअनुसार सभापति थापा आज बिहान १० बजेको उडानमार्फत चितवन प्रस्थान गरिसकेका छन्।

    यसअघि नेपाली कांग्रेसले रास्वपाको महाधिवेशनमा प्रतिनिधित्व गर्न उपसभापति पुष्पा भुसाललाई चितवन पठाउने निर्णय गरेको थियो। तर, आज आइतबार बिहान विकसित राजनीतिक घटनाक्रम र आन्तरिक छलफलपछि सभापति थापा आफैँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने निष्कर्षमा पुगेका हुन्।

    सभापति थापाको यो अप्रत्याशित चितवन भ्रमणका कारण पूर्वनिर्धारित कार्यक्रमहरूको कार्यतालिकामा समेत हेरफेर गरिएको छ।

    आजै आयोजना गरिएको कांग्रेसको भ्रातृ संस्था ’नेपाल थारु संघ’को कार्यक्रममा सभापति थापा प्रमुख अतिथि रहने तालिका थियो। अब थापा चितवन जाने भएपछि उक्त कार्यक्रममा उपसभापति पुष्पा भुसाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन्।

    चितवन प्रस्थान गर्नुअघि थापाले सामाजिक सञ्जालमार्फत रास्वपाका सभापति रवि लामिछानेलाई एक पत्र लेख्दै महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिएका थिए।

    शुभकामना लगत्तै थापा आफैँ महाधिवेशन स्थलमा उपस्थित हुने खबरले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ।

    चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा दिउँसो २ बजे प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले संयुक्त रूपमा उद्घाटन गर्ने यस महाधिवेशनमा देशकै दोस्रो ठूलो दल कांग्रेसका सभापति थापाको उपस्थितिलाई राजनीतिक विश्लेषकहरूले निकै अर्थपूर्ण रूपमा हेरेका छन्।

    यसअघि नै गृहमन्त्री सुदन गुरुङले महाधिवेशन स्थलको सुरक्षा र व्यवस्थापनको निरीक्षण गरिसक्नुभएको छ भने देशभरबाट ४ हजार २११ प्रतिनिधिहरू चितवनमा ओर्लिइसकेका छन्।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ असार ७, आईतवार ११:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.