• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बालेनले राजा ल्याउँछ भनेर धेरैले रास्वपालाई मत दिएका छन्: राजेन्द्र लिङ्देन

  •  नेपाल चौतारी
  • २०८३ असार ७, आईतवार १७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिनेमा राजतन्त्रवादीहरू समेत रहेको दाबी गरेका छन्।

    चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाले पाएको जनविश्वास कुनै एउटा विचारमा मात्र सीमित नरहेको बताए।

    अध्यक्ष लिङ्देनले रास्वपालाई विभिन्न विचार र पृष्ठभूमिका जनताले परिवर्तनको आशमा मतदान गरेको उल्लेख गर्दै सुनाए, ‘नेपालमा राजा चाहिन्छ भन्नेहरूले पनि रास्वपालाई मत दिएका छन्। यो केवल एउटा दलको सफलता मात्र होइन, नागरिकको छटपटीको अभिव्यक्ति हो।’

    उनले रास्वपाले देश बनाउने अभूतपूर्व अवसर पाएको र यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।

    सम्बोधनका क्रममा उनले नेतृत्वलाई सचेत गराउँदै भने, ‘यदि तपाईंहरू यो अवसरमा चुक्नुभयो भने त्यो धोका केवल पार्टी वा नेतृत्वलाई मात्र हुने छैन, सिङ्गो देश र भविष्यप्रति ठूलो घात हुनेछ।’

    उनले जनताको आशालाई निराशामा परिणत हुन नदिन र प्राप्त जनविश्वासलाई मर्न नदिन नेतृत्वलाई आग्रह गरे। मुलुकका सबै जिल्ला र वडाहरूमा संगठन समेत विस्तार नभएको अवस्थामा पनि जनताले रास्वपालाई पत्याएको प्रसङ्ग जोड्दै अध्यक्ष लिङ्देनले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

    ‘जहाँ संगठन छैन, त्यहाँ पनि जनताले तपाईंहरूलाई विश्वास गरेका छन्,’ उनले भने, ‘यो विश्वासको भारलाई बुझेर जिम्मेवारीपूर्वक अगाडि बढ्नुहोला।’

    Post Views: 39
    प्रकाशित मिति: २०८३ असार ७, आईतवार १७:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.