• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो, बालेन सरकारले थप्यो झण्डै सबा खर्ब

  •  नेपाल चौतारी
  • २०८३ असार ८, सोमबार १३:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब नजिक पुग्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

    यो चालू आर्थिक वर्षको सुरुको तुलनामा २ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढी हो । जसमा पछिल्लो ३ महिना अर्थात् नयाँ बालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेपछि मात्रै झण्डै सबा खर्ब अर्थात् १ खर्ब १७ अर्ब २५ करोड ५२ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

    प्रतिवेदन अनुसार हाल कायम रहेको कुल ऋण दायित्व नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.८७ प्रतिशत हुन आउँछ । कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत (१५ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ) र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत (१३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ) रहेको छ ।

    लक्ष्यअनुसार बाह्य ऋण प्राप्त गर्न कठिन

    सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा जेठ मसान्तसम्ममा ४ खर्ब १८ अर्ब १२ करोड रुपैयाँ (७०.२० प्रतिशत) मात्र प्राप्त भएको छ।

    यसमा आन्तरिक ऋणतर्फ लक्ष्यको ९३.५५ प्रतिशत प्रगति देखिए पनि बाह्य ऋण परिचालन भने निकै कमजोर अर्थात् ३४.०१ प्रतिशत मात्र सीमित देखिएको छ । कुल ऋण प्राप्तिमा आन्तरिक ऋणको हिस्सा ८१ प्रतिशत र बाह्य ऋणको हिस्सा जम्मा १९ प्रतिशत मात्र रहेको छ ।

    नेपाली मुद्राको अवमूल्यनका कारण वैदेशिक ऋणको भारमा थप वृद्धि भएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । जेठ मसान्तसम्ममा विनिमय दरमा भएको परिवर्तनका कारण मात्र १ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँ बराबरको नोक्सानी (ऋण वृद्धि) भएको प्रतिवेदनमा उल्लेख छ । यो कुल ऋण वृद्धिको ५३.४५ प्रतिशत अंश हो ।

    सार्वजनिक ऋण वृद्धि हुँदै जाँदा सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको साँवा र व्याज भुक्तानीमा ठूलो रकम खर्चिएको छ । सरकारले जेठ मसान्तसम्ममा कुल ३ खर्ब ५१ अर्ब ७४ करोड रुपैयाँ ऋण सेवा (साँवा र व्याज) मा खर्च गरेको छ ।

    यसमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा २ खर्ब २९ अर्ब ६० करोड र व्याज भुक्तानीमा ५५ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । त्यस्तै, समीक्षा अवधिमा बाह्य ऋणतर्फ ५४ अर्ब ८४ करोड साँवा र ११ अर्ब ६७ करोड रुपैयाँ व्याज भुक्तानी गरिएको छ ।

    Post Views: 33
    प्रकाशित मिति: २०८३ असार ८, सोमबार १३:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.