• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मौवाफाँट-दग्नाम सडक स्तरोन्नति

  •  नेपाल चौतारी
  • २०८३ असार ९, मंगलवार ०७:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नाममा पक्की सडक निर्माण भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम-दर्मीजा-चिमखोला-घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो ।

    रघुगंगा गाउँपालिका-४ का वडाध्यक्ष पविन गर्बुजाले यसअघि कच्ची अवस्थामा रहेको ग्रेड र घुम्ती नमिलेको सडकलाई फराकिलो पार्ने, नाली र पर्खाल बनाएर ढलान गरिएको जानकारी दिए ।

    “दग्नाममा विसं २०७४ मा सडकले जोडिएपछि चालु आर्थिक वर्षमा संघीय सरकारबाट हालसम्मकै बढी रु तीन करोड बजेट विनियोजन भएको थियो”, उनले भने, “स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्कीले ठेक्कामार्फत योजना सम्पन्न गरेपछि आवतजावत सहज र सुरक्षित भएको छ ।”

    दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दाहरू लाभान्वित भएका छन् । अप्ठ्यारो ठाउँमा सडक फराकिलो पार्ने, पर्खाल, नाली निर्माण, ग्रेड र मोड सुधार तथा ढलान गरिएको छ ।

    उक्त योजना निर्माणका लागि गत माघ १४ गते दुप्चेश्वर सुभम् विल्डर्सले रु दुई करोड ३९ लाख ९९ हजार चार सय १३ मा ठेक्का सम्झौता गरेको थियो । यही असार २० गतेसम्मको ठेक्काको म्याद रहे पनि गत जेठ २६ गते योजना सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए ।

    इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत आफूले पाएको जिम्मेवारी समयअगावै सम्पन्न गरेको उनले बताए । कार्कीका अनुसार औरी, दवाङभिरमुनि र दग्नाम गाउँभित्र ९०० मिटर ढलान गरिएको छ ।

    दग्नामको मुख्य गाउँभित्रको सबै सडक ढलान भएको छ । सडक पक्की बनेपछि दग्नाम गाउँ चिटिक्क देखिएको छ । धुलो र हिलोको समस्या समाधान हुनुका साथै यात्रा सहज र सुरक्षित भएको स्थानीय धनीलाल गर्बुजाले बताए । दग्नाम खोलामा कजवे र तीन ठाउँका खोल्सामा ह्युम पाइप राखिएको छ ।

    मौवाफाँट-दग्नाम-चिमखोला-घ्याँसीखर्क सडकको मौवाफाँट, बुक्ल, दग्नाम पहिरो, चिमखोला क्षेत्रमा गत वर्ष दुई वर्ष शीर्षकका योजनामार्फत स्तरोन्नति भएको थियो । रघुगङ्गा गाउँपालिकाका तीन वटा वडालाई जोड्ने यो सडक जिल्लाको प्राथमिकताप्राप्त आयोजना हो ।

    Post Views: 28
    प्रकाशित मिति: २०८३ असार ९, मंगलवार ०७:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.