• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

युरोपमा अत्यधिक गर्मीका कारण ‘रेड अलर्ट’ जारी

  •  नेपाल चौतारी
  • २०८३ असार ९, मंगलवार १०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पेरिस। फ्रान्स, स्पेन लगायत पश्चिमी र मध्य युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मी बढेपछि ‘रेड अलर्ट’ जारी गरिएको छ।

    आउँदा दिनहरूमा तापक्रम थप बढ्ने र ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएपछि जनजीवन प्रभावित बनेको छ।

    फ्रान्सका आधाभन्दा बढी क्षेत्रहरूमा अहिले कडा मौसम चेतावनी जारी गरिएको मौसम पूर्वानुमान एजेन्सी मेटिओ-फ्रान्सले जनाएको छ। सोमबार बोर्डो सहरमा तापक्रम ४२ डिग्री सेल्सियस पुगेको थियो भने अत्यधिक गर्मीकै कारण सयौँ विद्यालयहरू बन्द गर्न आदेश दिइएको छ।

    यसैबिच, दक्षिण फ्रान्सको कार्पेन्ट्रास सहरमा दुई र चार वर्षका दुई बालबालिका आफ्नै कारभित्र मृत फेला परेका छन्, जसलाई मौसमको चरम अवस्थासँग जोडिएको छ। जर्मनी, इटाली, स्विट्जरल्यान्ड र लक्जमबर्गका अधिकारीहरूले पनि आफ्ना देशमा यस्तै प्रकारको रेड अलर्ट जारी गरेका छन्। सा

    हारा मरुभूमिबाट उत्तरतर्फ सरेको तातो हावाका कारण तापक्रम बढेको र यसले प्रभावित क्षेत्रहरूमा तातो हावालाई थुनेर राखेकाले यो हालैका वर्षहरूकै सबैभन्दा लामो हिटवेभ (तातो हावाको लहर) हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

    वैज्ञानिकहरूका अनुसार बारम्बार आउने यस्तो तातो हावाको लहर ग्लोबल वार्मिङ को सङ्केत हो। मेटिओ-फ्रान्सका अनुसार सन् १९४७ यता फ्रान्समा रेकर्ड गरिएका ५१ वटा हिटवेभमध्ये ३४ वटा सन् २००० यता र २६ वटा सन् २०११ यता भएका छन्।

    युरोपका धेरै भागहरूमा बुधबार तापक्रम उच्च विन्दुमा पुग्ने अपेक्षा गरिएको छ, जहाँ पेरिसको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने अनुमान छ। राजधानी पेरिसमा सोमबार धेरै रेल लाइनहरूले आफ्ना सेवाहरू कटौती गरेका छन्। फ्रान्सको राष्ट्रिय रेलवे अपरेटर एसएनसीएफले जोखिममा रहेका मानिसहरूलाई यस हप्ता रेल यात्रा नगर्न वा स्थगित गर्न आग्रह गरेको छ।

    शिक्षा मन्त्रालयका अनुसार फ्रान्सका करिब ८४५ विद्यालयहरू पूर्ण रूपमा बन्द गरिएका छन् भने अन्य १,८०० विद्यालयका विद्यार्थीहरूलाई कक्षा चाँडै सकिने व्यवस्था मिलाइएको छ। यद्यपि, गर्मीका बिच पनि १० लाखभन्दा बढी उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्नातकका लागि आफ्नो अन्तिम परीक्षा दिइरहेका छन्।

    मेटिओ-फ्रान्स द्वारा जारी गरिने चार चेतावनीहरूमध्ये रेड अलर्ट सबैभन्दा उच्च हो, जसले मानिसहरूलाई सम्भावित ज्यान जोखिममा पर्न सक्ने अवस्थामा अत्यधिक सावधानी अपनाउन सल्लाह दिन्छ। फ्रान्सका अन्य दर्जनौँ क्षेत्रहरू दोस्रो उच्च चेतावनी अर्थात् ‘अरेन्ज अलर्ट’ मा छन्, जसबाट देशभर अनुमानित ६ करोड ३० लाख मानिस प्रभावित भएका छन्।

    दक्षिण फ्रान्समा कारभित्र मृत फेला परेका बालबालिकाको मृत्युको पूर्ण परिस्थिति अझै स्पष्ट भइसकेको छैन। तर उनीहरू आफ्नी आमासँग किनमेल गरेर फर्किएका थिए र ३९ डिग्री सेल्सियसको गर्मीका बिच झ्यालहरू बन्द भएको कारभित्र थुनिएको बताइएको छ।

    यसैबिच, फ्रान्सेली सरकारले सप्ताहान्तमा नदी र तालहरूमा डुबेर १३ जनाको मृत्यु भएपछि मानिसहरूलाई रेखदेख नहुने असुरक्षित क्षेत्रहरूमा पौडी नखेल्न र शीतलता खोज्ने प्रयास नगर्न आग्रह गरेको छ। दक्षिण-पश्चिमी गिरोन्डे क्षेत्रमा आइतबार स्थानीय अधिकारीहरूले ८० देखि ९५ वर्ष उमेरका तीन जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताएका थिए।

    फ्रान्समा गत सप्ताहान्तमा तापक्रम ४० डिग्री सेल्सियस पुगेपछि वार्षिक रूपमा मनाइने राष्ट्रिय सडक सङ्गीत महोत्सव ‘फेट डे ला म्युजिक’ मा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको थियो। फ्रान्सेली सरकार र यसका एजेन्सीहरूद्वारा आयोजित सबै कार्यक्रमहरूमा यो प्रतिबन्ध लागू गरिएको थियो।

    सरकारले ‘आपत्कालीन र स्वास्थ्य सेवाहरूलाई सुरक्षित राख्न तथा चिकित्सा कर्मचारीहरूलाई सबैभन्दा जोखिममा रहेका मानिसहरूको हेरचाहमा केन्द्रित हुन अनुमति दिन’ यस्तो कदम चालिएको बताएको छ। देशको पश्चिमी तटमा सबैभन्दा बढी तापक्रम हुने अनुमान गरिए पनि बाँकी धेरैजसो भागमा ३६ देखि ४० डिग्री सेल्सियसको आसपास तापक्रम रहने मेटिओ-फ्रान्सले जनाएको छ।

    मौसम पूर्वानुमानकर्ताले यो हिटवेभ ‘व्यापक, लामो समयसम्म रहने र तीव्र’ हुने चेतावनी दिँदै हप्ताको अन्त्यसम्म तापक्रम नघट्ने बताएका छन्।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ असार ९, मंगलवार १०:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.