• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

यी हुन राहदानी छपाइ ठेक्का प्रकरणमा मुछिएका १० कर्मचारी

  •  नेपाल चौतारी
  • २०८३ असार ९, मंगलवार १४:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ​ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा १० कर्मचारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जनाविरुद्ध दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभागका महानिर्देशक अर्यालसहित विभागका निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुध्वन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेष प्रसाद भुर्तेल, तत्कालीन उपसचिव पुस्करराज नेपालविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    राहदानी विभागबाट राहदानी छपाई सम्बन्धी कार्यमा प्रचलित कानून विपरीत बोलपत्रहरुको टेक्निकल इभ्याअलुसन र फाइनान्सियल ईभ्याअलुसन गरी गलत सिफारिस तथा गलत निर्णयका आधारमा सम्झौता गरी गराइ आंशिक रकमसमेत भुक्तानी लिइ दिइ भ्रष्टाचार गरेको मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी आयोगले हिजो मूहल्बअर आइडी सर्भिसेस (जीएमबीएच) एवम् उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने जरहार्ड माउरर, प्याभल रेकिइ र मणिन्द्र राज मल्लविरुद्ध एक अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    भेरिडोस जीएमबीएच एवम् उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने फेबिओला बेलरशेम, फ्लोरियन प्याक्लिन र सिद्धार्थ थापाविरुद्ध आठ अरव २२ करोड ३५ लाख चार हजार ४४४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

    image-200-1782202339.png​
    image-201-1782202350.png​

    ​

    Post Views: 34
    प्रकाशित मिति: २०८३ असार ९, मंगलवार १४:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.