• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

  •  नेपाल चौतारी
  • २०८३ असार १०, बुधबार १९:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब बढीको बजेट ल्याएको छ ।

    नगरको १९औँ नगरसभामा उपप्रमुख नीलकण्ठ खनालले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि चार अर्ब ७१ करोड दुई लाख ७२ हजारको बजेट अनुमान प्रस्तुत गरे। जुन बजेट चालु आवको तुलनामा ३२ करोड ७५ लाखले बढी हो।

    आगामी वर्षका लागि खनालले प्रस्तुत गरेका कूल बजेटमध्ये ६४ प्रतिशत हिस्सा अर्थात् तीन अर्ब दुई करोड ७० लाख विकासतर्फ (पुँजीगत) विनियोजन गरिएको छ भने चालुतर्फ एक अर्ब ६८ करोड ३१ लाख विनियोजन गरिएको छ ।

    खर्च बेहोर्ने स्रोतमा सङ्घीय वित्तीय समानीकरण अनुदानबाट २४ करोड ६० लाख, सङ्घीय सशर्त अनुदानबाट रु दुई अर्ब ६७ करोड ९६ लाख, सङ्घीय राजस्व बाँडफाँट २१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट तीन करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदानबाट ५० करोड ३५ लाख ७२ हजार र प्रदेश राजस्व बाँडफाँड ४४ लाख ११ हजार राखिएको छ ।

    यस्तै, सङ्घीय तथा प्रदेशको समपूरक विशेष अनुदान चार करोड ५९ लाख, स्थानीय राजस्व बाँडफाँड १८ करोड तथा नगरपालिकाको आन्तरिक आयबाट ३३ करोड छ लाख ६५ हजार खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।

    चालु आवको बचत रकमबाट रु तीन करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानबाट रु ३४ करोड खर्च बेहोरिने उपप्रमुख खनालले बताए ।

    आगामी बजेट शीर्षकगत कार्यक्रमअन्तर्गत तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु ३४ करोड, खानेपानी सुशासन तथा पूर्वाधार प्रवर्द्धन कार्यक्रम म्याचिङ फण्ड भेरी पम्पिङ आयोजना सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि १८ करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ६७ लाख र विभिन्न शाखा नगरस्तरीय आयोजना कार्यक्रम सञ्चालनका लागि रु १४ करोड ५० लाख विनियोजन गरिएको खनालले बताए।

    ‘सामाजिक सुरक्षा कार्यक्रमका लागि ३४ करोड, नगरका प्रमुख मोहनमाया ढकालले पेस गरेको नीति कार्यक्रमका लागि सङ्घीय तथा प्रदेश र सशर्तसहित नगरस्तर क्षेत्रका कार्यक्रम सञ्चालन गर्न तीन अर्ब ४४ करोड ८५ लाख ७२ हजार विनियोजन गरेको छु’, खनालले भने।

    Post Views: 23
    प्रकाशित मिति: २०८३ असार १०, बुधबार १९:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.