• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लमजुङमा विद्युत् उत्पादन बढ्यो

  •  नेपाल चौतारी
  • २०८३ असार ११, बिहीबार ०६:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यति बेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन बढ्न थालेको हो ।

    बेँसी सहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मसाङ्ग्र्याइदी जलविद्युत् आयोजना केन्द्रमा पनि विद्युत् उत्पादन बढेको छ । केन्द्रका आयोजना प्रमुख तारादत्त भट्टले भने, “मस्र्याङ्दी नदीमा आयोजनाका लागि पानी पर्याप्त नहुँदा हिउँदमा बिजुली उत्पादन कमी भइरहेको थियो । पानी पर्याप्त हुन थालेपछि करिब १५ दिन अघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन भइरहेको छ ।”

    यस आवमा पानीको अभावले हिउँदमा २६–२७ मेगावाट मात्रै उत्पादन हुँदै आएकामा बर्खा लागेसँगै बिस्तारै आयोजनाले आफ्नै क्षमतामा बिजुली उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ ३५/३५ क्षमताका दुई वटा टर्बाइनबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन हुन्छ । सन् २००० मा रु. २७ अर्ब २० करोड लागतमा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको थियो ।

    त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–८ स्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादनसमेत बढ्न थालेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार केही दिन अघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन भइरहेको छ । सन् २०१३ जनवरीदेखि आयोजना निर्माण थालनी गरी सन् २०१७ जनवरीदेखि व्यावसायिक रूपमा उत्पादन थालेको थियो ।

    चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह ९सगरमाथा हाइड्रोपावर कम्पनी० को १० प्रतिशत लगानीमा आयोजना निर्माण सम्पन्न भएको थियो । ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, सात मेगावाटको उपरमिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधी खोला आयोजनामा पनि विद्युत् उत्पादन वृद्धि भइरहेको छ ।

    त्यस्तै, चार–चार मेगावाट क्षमताका खुँदिखोला साना जलविद्युत् आयोजना र अपर छन्द खोला, तीन मेगावाटको मिदिमखोला, दुई दशमलव चार मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्द खोला, १८३ किलोवाटको स्याँगे माइक्रो हाइड्रो र ८० किवाको मिदिम माइक्रोहाइड्रोमा पनि विद्युत् उत्पादन बढ्न थालेको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

    जिल्लामा उत्पादन थालेका आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई उज्यालो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका जानकारहरू बताउँछन् । ती आयोजनामा विद्युत् उत्पादन कम भएमा वा वृद्धि भएका आर्थिक रूपमा मुलुकमा पनि प्रभाव पारेको देखिन्छ । जिल्लामा बर्सेनि मस्र्याङ्दी नदी, दोर्दी, किसेदी, फिदिम खोलालगायत खोलामा पानीको बहाव कम हुँदा उत्पादन घट्ने र पानी पर्याप्त भएपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरेको छ ।

    Post Views: 63
    प्रकाशित मिति: २०८३ असार ११, बिहीबार ०६:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.