• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हाइटीलाई ४–२ पराजित गर्दै मोरक्को विजयी

  •  नेपाल चौतारी
  • २०८३ असार ११, बिहीबार ०८:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ  । हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । बिहीबार बिहानका राति भएको समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा मोरक्कोले पुनरागमन गर्दै हाइटीमाथि ४–२ को जित दर्ता गरेको हो ।

    लामो समयपछि विश्वकपमा फर्किएको क्यारेबियन राष्ट्र हाइटीले खेलमा दुई पटक सुरुवाती अग्रता लिँदै मोरक्कोलाई दबाबमा राखेको थियो । विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोड्ने दाउमा रहेको हाइटीको सपनालाई मोरक्कोका वैकल्पिक खेलाडीले समाप्त पारिदिए ।

    खेलको १० औँ मिनेटमै मोरक्कोका गोलकिपर यासिन बोनोबाट आत्मघाती गोल भएपछि हाइटीले अप्रत्याशित सुरुवाती अग्रता लिएको थियो । तर, ३९ औँ मिनेटमा स्टार डिफेन्डर अकराफ हाकिमीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । खेलको ४३ औँ मिनेटमा विल्सन इसिडोरले गोल गरेपछि हाइटीले पुनः २–१ को अग्रता बनायो । हानेको केही मिनेटमै अर्थात् पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई फेरि २–२ को बराबरी स्थितिमा पुर्‍याए ।

    दोस्रो हाफमा मोरक्कोका वैकल्पिक खेलाडीहरू चम्किए । ७८ औँ मिनेटमा सुफियाने राहिमीले गोल गर्दै मोरक्कोलाई खेलमा पहिलो पटक ३–२ को अग्रता दिलाए भने ८९ औँ मिनेटमा जेसिम यासिनले गोल गरेपछि मोरक्कोले ४–२ को रोमाञ्चक जित दर्ता गर्‍यो ।

    यो जितसँगै मोरक्को समूह ‘सी’ को उपविजेता बन्दै अर्को चरणमा पुगेको हो । यसै समूहको अर्को खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गरेको ब्राजिल शीर्ष स्थानमा रह्यो ।

    ३ खेलबाट ७ अंक जोडेको मोरक्को समूहको उपविजेता बनेको हो । समान अंक भए पनि गोल अन्तरको आधारमा ब्राजिल शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ ।

    Post Views: 73
    प्रकाशित मिति: २०८३ असार ११, बिहीबार ०८:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.