• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

  •  नेपाल चौतारी
  • २०८३ असार १२, शुक्रबार १५:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चन्द्रपुर । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

    समयमै नगर सभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, वृन्दावन, राजदेवी नगरपालिका छन् ।

    दुर्गा भगवती तथा यमुनामाई गाउँपालिकाले पनि गाउँ सभा गरिसकेका छन् भने कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने नगर सभा गरेका छैनन् । जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. एक अर्ब २१ करोड ८० लाखको बजेट विनियोजन गरेको छ ।

    नगरप्रमुख सञ्जयकुमार काफ्ले र उपप्रमुख जयमाला चौधरीले पालिकाको १७औँ नगर सभाले आव २०८३/८४ का लागि रु. एक अर्ब २१ करोड ८० लाखको बजेट विनियोजन गरेको बताए ।

    त्यसै गरी, गौर नगरपालिकाको १८औँ नगर सभा आगामी आवका लागि ५३ करोड ८८ लाखभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ । नगरको समग्र विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै नगरप्रमुख शम्भु साहले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    यस्तै, मौलापुर नगरपालिकाले पनि आफ्नो नगर सभामार्फत आगामी आव २०८३/८४ को लागि करिब रु. ४२ करोडको बजेट प्रस्तुत गरेको नगरप्रमुख रिनाकुमारी साहले जानकारी दिइन् ।

    बजेटले विगतदेखि नै सञ्चालनमा रहेको ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बिजुली र खानेपानी नि:शुल्क तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई प्रभावकारी रूपमा अघि बढाउने उद्घोष गरेको छ ।

    गढीमाई नगरपालिका प्रमुख श्याम यादवले आव २०८३/८४ का लागि रु. ५९ करोड २२ लाख ५५ हजारको बजेट विनियोजन गरिएकामा चालु खर्चतर्फ रु. ४० करोड ९० लाख ४७ हजार र पुँजीगत खर्चतर्फ रु. १८ करोड ३२ लाख आठ हजार रहेको बताए ।

    त्यसै गरी, बौधीमाई नगरपालिकाको १२औँ नगर सभा नगरप्रमुख प्रदीप राय यादवको अध्यक्षतामा सम्पन्न नगर सभामा उपप्रमुख प्रमिला देवीले आव २०८३/८४ का लागि रु. ६३ करोड ९६ लाख चार हजार बराबरको वार्षिक बजेट प्रस्तुतगरेकी थिइन् ।

    वृन्दावन नगरपालिकाको ११औँ नगर सभामा आगामी आव २०८३/८४ का लागि रु. ६० करोड ९२ लाख २५ हजार ८८१ को बजेट प्रस्तुत गरिएको नगरप्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिए । राजपुर नगरपालिकाको १०औँ नगर सभा आगामी आव २०८३/८४ का लागि रु. ५० करोड २१ लाख ९३ हजारको आयव्ययको विवरण प्रस्तुत गरियो ।

    माधव नारायण नगरपालिकाको ११औँ नगर सभामा आव २०८३/८४ का लागि रु. ५० करोड २९ लाख २० हजारको आयव्ययको वार्षिक अनुमान विवरण प्रस्तुत गरिएको छ ।

    Post Views: 126
    प्रकाशित मिति: २०८३ असार १२, शुक्रबार १५:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.