• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

महाधिवेशनले पार्टीलाई राजनीतिक रूपमा परिपक्व र वैधानिक बनायो– रवि लामिछाने

  •  नेपाल चौतारी
  • २०८३ असार १३, शनिबार ०७:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीलाई राजनीतिक रूपमा परिपक्व र वैधानिक बनाएको बताएका छन् । हिजो सम्पन्न शपथग्रहण तथा समापन समारोहलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले परिपक्व राजनीति गर्न नसकेका केही अवस्था रहेको स्वीकार गर्दै त्यसलाई गलत नियतका रूपमा नबुझ्न आग्रह गरेका हुन् ।

    सभापति लामिछानेले महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विभिन्न राजनीतिक आरोपको जवाफ दिएको दाबी गर्दै रास्वपा विचारविहीन दल भएको आरोपसमेत खारेज भएको जिकिर गरे । उनले पार्टी अब थप वैचारिक रूपमा स्पष्ट, व्यवस्थित र जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

    रास्वपाको राजनीतिक उपस्थितिबाट कुनै पनि राजनीतिक शक्ति भयभित हुनुनपर्ने भन्दै लामिछानेले लोकतान्त्रिक गणतन्त्र, संवैधानिक व्यवस्था र शक्ति पृथकीकरणको सिद्धान्तप्रति पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए । शासकीय सुधारका विषयमा आफूहरूको फरक दृष्टिकोण भए पनि वर्तमान व्यवस्थाभित्रै रहेर मुलुकका समस्या समाधानका लागि संघर्ष गर्ने प्रतिबद्धता पनि लामिछानेले व्यक्त गरे ।

    अघिल्ला राजनीतिक दलहरूले जस्तै प्रतिशोधको राजनीति रास्वपाले नअपनाउने स्पष्ट पार्दै सबै राजनीतिक दलको अस्तित्वलाई सम्मान गर्ने लामिछानेको भनाई छ । महाधिवेशनका क्रममा आमन्त्रित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूप्रति भएको असहज व्यवहारप्रति क्षमायाचना गर्दै त्यो नियतवश नभएको पनि उहाँले स्पष्ट पारे ।

    Post Views: 59
    प्रकाशित मिति: २०८३ असार १३, शनिबार ०७:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.