• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रास्वपा महाधिवेशन सम्पन्न, पदाधिकारीमा कसले कति मत पाए ?

  •  नेपाल चौतारी
  • २०८३ असार १३, शनिबार ०७:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यही असार ७ गते चितवनमा शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन शुक्रवार सकिएको छ । तीन दिनमा सक्ने भनिएको महाधिवेशन छैटौं दिनमा समापन भएको हो । महाधिवेशनको छैटौं दिन हिजो पदाधिकारीको निर्वाचन सम्पन्न भएसंगै महाधिवेशन पनि सकिएको हो ।

    पदाधिकारी चयनका लागि भएको निर्वाचनबाट उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु चयन भएका छन् । खुलातर्फको उपसभापतिमा अर्थमन्त्री डा स्वर्णीम वाग्ले निर्विरोध निर्वाच भए े भने महिलातर्फको उपसभापतिमा कानुनमन्त्री सोविता गौतमले बाजी मारीन् । पदाधिकारीमा कुल १२ सय ८९ जनाले मतदान गरेकोमा सोविताले ७८९ मत प्राप्त गर्दै निर्वाचित भईन् ।  सोविताकी प्रतिष्पर्धी डा तोसिमा कार्कीले ५७२ मत प्राप्त गरीन् ।

    त्यसैगरी महामन्त्रीमा विपिन आचार्य निर्वाचित भए । आचार्य ६३८ मतका साथ निर्वाचित हुँदा प्रत्यासीहरू मनिष झाले ३२४, गणेश कार्कीले १६४ र सागर ढकालले १२८ मत प्राप्त गरे । आचार्यलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी रञ्जु दर्शनालाई पनि ३४ मत खसेको थियो ।

    त्यसैगरी पुरुषतर्फका सहमहामन्त्रीमा ११ जना उम्मेदवार रहेकोमा हरि ढकाल, असिम शाह निर्वाचित भएका छन् । त्यस्तै महिलातर्फको सहमहामन्त्रीमा पाँच जना उम्मेदवार रहेकोमा निशा डाँगी निर्वाचिन भएकी छन् । रास्वपाका ९९ केन्द्रीय सदस्य यसअघि बिहीबार नै निर्वाचित भईसकेका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन निर्वाचन आयोगले सपथ समेत गराएको छ ।

    Post Views: 52
    प्रकाशित मिति: २०८३ असार १३, शनिबार ०७:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.