• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन जारी, दर्जनौँ पक्राउ

  •  नेपाल चौतारी
  • २०८३ असार १३, शनिबार १३:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरूको विरुद्ध र्‍याली तथा प्रदर्शनका क्रममा प्रहरीले दर्जनौँ प्रदर्शनकारीहरूलाई पक्राउ गरेको एक अधिकार समूहले शनिबार जनाएको छ ।

    यस अघि इन्धनको मूल्यवृद्धि र प्रबोवोको प्रमुख नि:शुल्क भोजन योजनाको विरोध गर्न शुक्रबार सुराबायाको सरकारी भवन नजिकै करिब १०० जना भेला भएको एएफपीले जनाएको छ ।

    केही प्रदर्शनकारीहरूले प्रहरीलाई ढुङ्गा हान्नुका साथै सरकारी संरचनामा आगलागी गर्न थाले पछि उनीहरूलाई प्रहरी अधिकारीहरूले पक्राउ गरेको जनाइएको छ । अधिकार समूह कन्ट्रास सुराबायाका संयोजक फतकुल खोइरलाई उदृत गर्दै २४ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको एफपीले जनाएको छ ।

    सुराबाया प्रहरी प्रमुख लुथफी सुलिस्टियावानले अधिकारीहरूले प्रदर्शनकारीहरूलाई पछाडि धकेल्न बल प्रयोग गर्दा पनि नियन्त्रण नभए पछि पक्राउ गरिएको जनाएका छन् ।

    मध्यपूर्व युद्धले विश्वव्यापी तेल आपूर्तिमा समस्या पारेको कारण दबाब कम गर्न खोज्दै प्रबोवोको प्रशासनले पेट्रोलको मूल्य करिब ३० प्रतिशतले बढाएकाले यस महिना इन्डोनेसियाका धेरै सहरहरूमा विरोध प्रदर्शन भएको जनाइएको छ ।

    इन्धनको मूल्यवृद्धि र अर्बौँ डलरको नि:शुल्क भोजन योजना रोक्न माग गर्दै राजधानी जकार्तामा हजारौँ विद्यार्थीहरू सडकमा उत्रिएको जनाइएको छ ।

    यो पहल प्रबोवोको राजनीतिक एजेन्डाको आधारशिला भएता पनि उपयोगी नभएको र सामूहिक खाद्य विषाक्ततासँग जोडिएको भन्दै व्यापक आलोचना प्राप्त भए पछि यसलाई आंशिक रूपमा स्थगित गरिएको जनाइएको छ ।

    Post Views: 79
    प्रकाशित मिति: २०८३ असार १३, शनिबार १३:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.