• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

  •  नेपाल चौतारी
  • २०८३ असार १४, आईतवार १०:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । खेलको ८०औँ मिनेटमा गोल गर्दै मेसीले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या ६ पुर्‍याएका छन् ।

    यस गोलसँगै मेसीले विश्वकप इतिहासमा एक अभूतपूर्व कीर्तिमान समेत आफ्नो नाममा लेखएका छन् । उनी विश्वकपका लगातार सात खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

    समूह ‘जे’ को खेलमा जिओभानी लो सेल्सोको गोल मद्दतले साविक विजेता अर्जेन्टिनाले जोर्डन विरुद्ध सुरुवाती अग्रता बनाएको थियो ।

    टेक्ससको डल्लास स्टेडियममा जारी खेलको १९औं मिनेटमा मिडफिल्डर लो सेल्सोले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१औं मिनेटमा प्राप्त पेनाल्टीलाई स्ट्राइकर लाउतारो मार्टिनेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाएका थिए ।

    मेसीको गोलसँगै अर्जेन्टिनाले ३ १ को जित निकालेको हो । जोर्डनका लागि मुसा अल तमारीले खेलको ५५ मिनेटमा शान्तवना गोल फर्काएका थिए ।

    अर्जेन्टिनाले आफ्नो समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै समूहबाट ९ अंक जोड्न सफल भएको छ । खेल सकिएसँगै अर्जेन्टिनाले समूह विजेताको रूपमा अर्को चरणको यात्रा तय गरेको हो ।

    यस खेलमा कप्तान मेसीले आफ्नो नाममा फुटबल इतिहासकै अर्को एउटा ठुलो कीर्तिमान थपेका छन् । उनले विश्वकपमा सर्वाधिक १९ गोल गर्ने खेलाडीका रुपमा आफ्नै कीर्तीमान तोडेका छन्।

    यता, पहिलो पटक विश्वकप खेलिरहेको जोर्डनले हारका बावजुद प्रतियोगितामा तारिफयोग्य प्रदर्शन गर्‍यो । डेब्यु टोली जोर्डनले आफ्ना तीनवटै खेलमा अंक जोड्न नसके पनि जुझारु खेल प्रदर्शन गर्दै घर फर्किएको छ ।

    जितसँगै मेसी यस विधाका दुई गोलले अगाडि रहँदै ‘गोल्डेन बुट’ को दौडमा सबैभन्दा बलियो दावेदार बनेका छन् । मेसीको खेल जीवनमा जित्न बाँकी रहेका सीमित उपाधिहरूमध्ये गोल्डेन बुट पनि एक हो ।

    Post Views: 64
    प्रकाशित मिति: २०८३ असार १४, आईतवार १०:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.