• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ

  •  नेपाल चौतारी
  • २०८३ असार १५, सोमबार ११:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लुम्बिनी । आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेत खेतमा व्यस्त देखिन्छन् । धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ ।

    लुम्बिनी प्रदेश, कृषि विकास निर्देशनालयको लुम्बिनी प्रदेशका १२ जिल्लाको तथ्यांकअनुसार धान रोपाइँ हुने तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६७० दशमलव ८७ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिए। यसअनुसार हाल सम्ममा प्रदेशका १२ जिल्लामा २० दशमलव आठ प्रतिशत मात्र रोपाइँ सकिएको छ । यो तथ्यांक गत वर्षको यस अवधिभन्दा झण्डै चार प्रतिशत कमी हो ।

    जिल्लागत विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पाल्पामा सात हजार २८७ हेक्टरमध्ये तीन हजार २७९ दशमलव चार हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । त्यसपछि गुल्मीमा २५ दशमलव ७७ प्रतिशत, रुकुम (पूर्व) मा २५ प्रतिशत, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा २४ दशमलव पाँच प्रतिशत र बर्दियामा १९ दशमलव ३१ प्रतिशत रोपाइ सम्पन्न भएको छ ।

    दाङमा ३६ हजार २०० हेक्टरमध्ये पाँच हजार ४३० हेक्टरअर्थात् १५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । अर्घाखाँचीमा ११ दशमलव २७ प्रतिशत र रोल्पामा चार दशमलव आठ प्रतिशत रोपाइँ भएको छ ।

    रुपन्देहीमा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यहाँ ६३ हजार ५५० हेक्टरमध्ये २७ हजार ३२६ दशमलव पाँच हेक्टर क्षेत्रमा रोपाइ सकिएको छ । कपिलवस्तुमा १५ दशमलव आठ प्रतिशत तथा प्यूठानमा आठ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

    यस्तै लुम्बिनी प्रदेशको धान उत्पादनमा सबैभन्दा राम्रो मानिने बर्दिया जिल्लामा १९ दशमलव ३१ प्रतिशतअर्थात् नौ हजार ६८५ हेक्टरमा रोपाइँ सकिएको छ । बर्दियामा ६३ हजार २७ हेक्टर खेतीयोग्य जमिनमध्ये ५० हजार १५० हेक्टरमा धान रोपाइँ हुने गर्दछ ।

    यस्तै यस वर्ष सबैभन्दा कम रोपाइँ बाँके जिल्लामा भएको छ । बाँकेमा ३३ हजार ७८० हेक्टरमध्ये केवल १६८ दशमलव नौ हेक्टरअर्थात् शून्य दशमलव पाँच प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । मनसुन सक्रिय हुँदै गएसँगै धान रोपाइँको गति थप तीव्र भएको छ ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ असार १५, सोमबार ११:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.