• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

डोल्पामा खोल्सामा अड्किएको शव दोस्रो दिन उद्धार, मृतकको पहिचान खुल्यो

  •  नेपाल चौतारी
  • २०८३ असार १५, सोमबार १३:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । डोल्पा जिल्लामा खोलामा फेला परेको एक पुरुषको शव घटनास्थलबाट करिब २४ घण्टापछि उद्धार गरिएको छ। प्रहरीले शवको पहिचान सुर्खेतका एक बेपत्ता व्यक्तिको भएको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार बिहान करिब ११ बजे स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो।

    प्रहरीका अनुसार शव गहिरो खोल्साभित्र अड्किएको, घटनास्थलको भौगोलिक अवस्था अत्यन्त जोखिमपूर्ण रहेको तथा खोलाको बहाव उच्च भएका कारण आइतबार दिनभर गरिएको प्रयास सफल हुन सकेन।

    सोमबार बिहान प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिको समन्वयमा पुनः उद्धार अभियान सञ्चालन गरिएको थियो। त्यसक्रममा संयुक्त सुरक्षा टोलीले शव सुरक्षित रूपमा बाहिर निकालेको प्रहरीले जनाएको छ।

    उद्धार गरिएको शव ३८ विष्णु विकको रहेका जनाइएको छ । उनी सुर्खेतको बराहताल गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् भने हाल शे-फोक्सुण्डो गाउँपालिका-८ रिग्मोमा रोजगारीका सिलसिलामा बस्दै आएका थिए।

    प्रहरीका अनुसार उनी असार ६ गतेदेखि रिग्मो गाउँबाट सम्पर्कविहीन भएका थिए। सोमबार उद्धार गरिएको शव उनकी पत्नीले सनाखत गरेपछि मृतकको पहिचान पुष्टि भएको हो। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

    Post Views: 62
    प्रकाशित मिति: २०८३ असार १५, सोमबार १३:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.