• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राष्ट्रिय धान दिवसमा आधुनिक प्रविधिको प्रदर्शन, ड्रोनबाट मल छर्ने र मेसिनबाट रोपाइँ गर्ने अभ्यास

  •  नेपाल चौतारी
  • २०८३ असार १५, सोमबार १४:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा ललितपुरको खुमलटारमा आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै ड्रोनमार्फत मल छर्ने र मेसिनको सहायताले धान रोप्ने प्रदर्शन गरिएको छ।

    ‘जलवायुमैत्री प्रविधि : धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र तथा बाली विकास एवं कृषि जैविक विविधता संरक्षण केन्द्रले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा आधुनिक कृषि प्रविधिको उपयोगलाई प्राथमिकतामा राखिएको थियो।

    कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा, कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले खेतमा ड्रोनमार्फत मल छरेर गरेका थिए। त्यसपछि मेसिनको प्रयोग गरी धान रोप्ने प्रदर्शन गरिएको थियो।

    उद्घाटन समारोहमा बोल्दै चौधरीले कृषि उत्पादन वृद्धि गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दिशामा सरकार अघि बढिरहेको बताए।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनले कृषि क्षेत्रमा नीतिगत व्यवस्था भए पनि संरचनागत सुधारलाई थप प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले किसान र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बीच प्रभावकारी समन्वय र ज्ञान आदानप्रदान आवश्यक रहेको उल्लेख गर्दै जलवायु परिवर्तनसँग अनुकूल हुने तथा पोषणयुक्त धानका जातको उत्पादन र विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए।

    Post Views: 62
    प्रकाशित मिति: २०८३ असार १५, सोमबार १४:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.