• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

  •  नेपाल चौतारी
  • २०८३ असार १५, सोमबार २१:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनले परियोजना लागू भएपछि कृषि वस्तुको उत्पादन, उत्पादकत्व र व्यवसायीकरण प्रवर्द्धन गर्न उत्कृष्ट भूमिका खेलेका किसानलाई धान दिवसको अवसर पारेर पुस्कृत गरेको हो ।

    पुरस्कृत हुनेमा तरकारी, माछा, धान, केरा, मौरीपालनमा व्यावसायिक रूपमा लागेका किसान रहेका छन् । उनीहरूलाई रु १० हजार नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत गरिएको कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए ।

    पुरस्कृत हुनेमा सबैभन्दा तरकारी र धान जोनका किसान बढी छन् । कालिका–६ का मोरीपालक कृषक शिवप्रसाद शर्मा, कालिका–१० का गोगन श्रेष्ठ र खैरहनी–१० का विकाश ढकाल पुरस्कृत भएका छन ।

    तरकारी जोनतर्फ मकवानपुरको थाहा–१ का सुमन गोपाली, थाहा–२ का निरोज प्रधान, थाहा–१० का भीमलाल गोपाली, भरतपुर–२८ की मीनाकुमारी चौधरी, भरतपुर–२६ का दीपकप्रसाद तिमल्सिना र भरतपुर–२४ का ईश्वरीप्रसाद न्यौपाने पुरस्कृत भएका छन् ।

    धान जोनतर्फ हेटौँडा–१८ की सावित्री न्यौपाने, हेटौँडा–१७ की कमलाकुमारी सापकोटा, मनहरी–६ का गोरखनाथ श्रेष्ठ, चितवनको खैरहनी–१३ का सूर्यबहादुर बोगटी, राप्ती–की प्रतिभा पाण्डे आचार्य, रत्ननगर–६ का डम्बर महत्तो पुरस्कृत भएको रेग्मीले जानकारी दिए । उनका अनुसार माछा जोनतर्फ माडी–७ का खगेन्द्रप्रसाद अधिकारी, माडी–३ का दयाराम महत्तो र माडी–१ का सुरज महत्तो पुरस्कृत भएका हुन् ।

    केरा जोनतर्फ कालिकाका टङ्कप्रसाद लामिछाने, रत्ननगर–११ का खेलप्रसाद भट्ट र भरतपुर–२८ का सुन्दरप्रसाद न्यौपाने पुरस्कृत भएको कार्यालयले जानकारी दिएको छ ।

    Post Views: 96
    प्रकाशित मिति: २०८३ असार १५, सोमबार २१:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.