• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

धान दिवस: सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

  •  नेपाल चौतारी
  • २०८३ असार १६, मंगलवार ०६:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    महेन्द्रनगर । मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन । गत वर्ष असार १५ अर्थात् धान दिवस मनाइरहँदा कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको थियो ।

    जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमा वर्षा नहुँदा जिल्लाभरमा ४५ प्रतिशत रोपाइँ भएको छ । केन्द्रका प्रमुख धर्म साउँदले मनसुनमा भएको ढिलाइका कारण जिल्लामा रोपाइँ कम भएको बताउँदै जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको जानकारी दिए।

    जिल्लाभर सिँचाइका सुविधा ३९ हेक्टर क्षेत्रफलमा रहे पनि अधिकांश कृषकले आकाशे पानीको भरमा धान खेती गर्नुपरेको छ । केन्द्रका प्रमुख साउँदले गत वर्षभन्दा यस वर्ष वर्षा कम हुँदा रोपाइँमा ढिलाइ भइरहेको बताए। केही दिनयताको गर्मीका कारण किसानले जेनतेन खेतमा लगाएको धान पनि सुक्न थालेको छ ।

    केन्द्रका अनुसार यहाँका अधिकांश किसानलाई बोरिङको पानी तान्न पनि समस्या भइरहेको छ । वर्षा नभएकाले जमिनमुनिको पानी पनि सुक्न थालेकाले बोरिङबाट तान्न पनि समस्या भइरहेको साउँदले बताए। “जमिनमुनि पनि पानीको तह घटिरहेको छ”, उनले भने, “सिँचाइ सुविधा नहुँदा किसानले धान रोप्न पाइरहेका छैनन् ।” असारको मध्य भइसक्दा पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको नसकेको ज्ञान केन्द्रको भनाइ छ ।

    कञ्चनपुरमा महाकाली सिँचाइ पहिलो र दोस्रो चरणअन्तर्गत भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाको ११ हजार ६०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

    त्यसैगरी, महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरका साथै कैलालीको माला खेती क्षेत्रसम्म ३३ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित राष्ट्रिय गौरवको सिँचाइ आयोजना निर्माणाधीन छ ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ असार १६, मंगलवार ०६:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.