• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

  •  नेपाल चौतारी
  • २०८३ असार १६, मंगलवार ०८:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । कपिलवस्तुको महाराजगंज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

    शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको हो ।

    दुर्घटनामा बस चालक जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १३ गेटा बस्ने ४२ वर्षीय हरीसिंह महरा, बैतडी सिवास गाउँपालिका ६ खालाकाँडा बस्ने २५ वर्षीय चक्रबहादुर रोकाया, जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका ५ दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, जिल्ला कैलाली गोदावरी नगरपालिका १ बस्ने २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका २ बस्ने ५५ वर्षीया सीतादेवी बादी, जिल्ला डडेलधुरा बस्ने २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, जिल्ला बझाङ थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय विनोद सत्कुली, जिल्ला बैतडी पुरचौडी नगरपालिका ८ मल्लादोही बस्ने १५ वर्षीय लोचन विष्ट, उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट, जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १८ फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, जिल्ला कैलाली घोडाघोडी नगरपालिका ६ जवलपुर बस्ने २४ वर्षीय अखिलकुमार ठडिया, जिल्ला चितवन भरतपुर महानगरपालिका २६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र, जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १८ बस्ने २४ वर्षीय गोपाल पौडेल, जिल्ला डडेलधुरा गाउँपालिका १ बस्ने ४० वर्षीय केशबहादुर देउवा, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, जिल्ला कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया, जिल्ला बझाङ थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय किश्वर बोहोरा तथा जिल्ला डडेलधुरा गन्यापधुरा गाउँपालिका ३ बस्ने ४० वर्षीया पार्वती बोहोरा घाइते भएका छन ।

    घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।

    बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ ।

    चालक प्रहरीको नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    Post Views: 66
    प्रकाशित मिति: २०८३ असार १६, मंगलवार ०८:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.