• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनीत

  •  नेपाल चौतारी
  • २०८३ असार १६, मंगलवार ११:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ । संस्थाकी अध्यक्षसमेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको अनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी हुन् ।

    संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा। एरिक डाइनर्स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनीत गरेकी हुन् ।

    कोषको सञ्चालक समितिमा मनोनीत भएका अन्तर्राष्ट्रिय सदस्यहरूको व्यक्तिगत प्रोफाइल वैश्विक स्तरमै निकै वजनदार रहेको छ । तीमध्ये लर्ड क्यामोस विलियम स्टोनर र इरिक डाइर्नस्टन नेपालको संरक्षण इतिहाससँग जोडिएका व्यक्तित्व हुन् । बेलायतको यूके नेपाल ट्रस्ट का अध्यक्ष समेत रहेका ८ औँ ब्यारोन क्यामोस (विलियम स्टोनर)को परिवार नेपालको राजनीतिक र कूटनीतिक इतिहाससँग पुरानो र ऐतिहासिक सम्बन्ध छ । लर्ड क्यामोसको परिवार नेपालको संरक्षणमा विगतदेखि नै जोडिँदै आएको हो । उनले अहिले पनि ब्रिटिस परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणमा ठूलो योगदान पुर्‍याइरहेका छन् ।

    त्यस्तै, सन् १९७०/८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्घे गैँडा र पाटेबाघको रैथाने आहार बिहारबारे प्रारम्भिक र ऐतिहासिक अनुसन्धानमा गर्ने वैज्ञानिकहरूमध्येमा डा. एरिक डाइनरस्टाइन पनि पर्छन् । उनी विश्व वन्यजन्तु कोषमा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा नेतृत्व गर्दै तराई आर्क ल्यान्डस्केप को अवधारणा कोरेका थिए । अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन रहेकी प्रा.डा विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण,मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीहरूलाई समेटेर निरन्तर स्थलगत प्राज्ञिक सहकार्य गर्दै आएकी छन् ।

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पर्यावरण मन्त्री चौधरीलाई नै कोषको अध्यक्षको जिम्मेवारी दिएपछि मन्त्री चौधरीले कोषको ऐतिहासिक गरिमालाई उकास्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । कोषको संस्थागत विरासतलाई विश्व मञ्चमा बलियो ग्लोबल प्रोफाइलुको रूपमा स्थापित गर्ने योजना छ । विश्वविख्यात वैज्ञानिक, प्राज्ञिक, व्यावसायिक, युवा र कूटनीतिक व्यक्तित्वहरूलाई कोषको सदस्यमा मनोनीत गरेर नेपालको संरक्षण अभ्यासलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग जोड्न नयाँ गति प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

    स्थानीय समुदायको जीविकोपार्जन सुधार, वैज्ञानिक वन्यजन्तु व्यवस्थापन र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न यो उच्च(स्तरीय समितिले दूरगामी नीतिगत जग बसाल्ने विश्वास संरक्षणविद्हरूले लिएका छन् ।

    विगत चार दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको कोषले नेपालमा समुदायमा आधारित संरक्षण र जैविक विविधताको क्षेत्रमा विश्वमै उदाहरणीय काम गरेको छ । संस्थामा मनोनीत गरिएका व्यक्तित्वहरूले कोषको नीतिगत र नैतिक उन्नयनमा ठूलो रणनीतिक फड्को मार्ने अपेक्षा गरिएको छ । गणतन्त्र आउनुअघि कोषको अध्यक्षमा अधिराजकुमार अध्यक्ष हुन्थे । अधिराजकुमारले विख्यात व्यक्तित्वहरूलाई सदस्यमा मनोनीत गर्थे । पछिल्ला वर्षहरूमा दलका नेताहरूले कोषमा विज्ञभन्दा पनि कार्यकर्ताहरूलाई सदस्यमा भर्ती गर्दा विकृति मौलाएको थियो । कोषको सदस्य हुने र कोषको नाममा अन्य दातृ निकायहरूसँग सम्पर्क बढाएर आफ्नो व्यक्तिगत परियोजनाहरू ल्याउन तत्कालीन देखिन्थे ।

    मन्त्री चौधरीले कोषको सदस्यमा मनोनीत हुने व्यक्तिहरू आफैँमा स्थापित एवं पहिचान भएका व्यक्तिहरूलाई ल्याइने प्रतिबद्धता व्यक्त गरेकी छन् । मन्त्री चौधरीले चाँडै नै कोषको कर्मचारी प्रशासन सम्बन्धीको विनियमावली संशोधन गर्ने प्रतिबद्धता जनाएकी छन् ।

    Post Views: 57
    प्रकाशित मिति: २०८३ असार १६, मंगलवार ११:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.