• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दुई महिनापछि पुनः सुरु भयो नेपाली चियाको भारत निर्यात

  •  नेपाल चौतारी
  • २०८३ असार १६, मंगलवार १६:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । गुणस्तर परीक्षणसम्बन्धी प्रक्रियाका कारण करिब दुई महिनादेखि प्रभावित नेपाली चियाको भारततर्फको निर्यात पुनः सञ्चालनमा आएको छ।

    सरकारको निरन्तर कूटनीतिक पहल तथा भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षणसम्बन्धी कार्यविधि (एसओपी) मा सहज व्यवस्था लागू गरेपछि पूर्वी नाका काँकडभिट्टाबाट चिया बोकेका सवारीसाधन पुनः भारत प्रवेश गर्न थालेका हुन्।

    निर्यात अवरुद्ध हुँदा विशेषगरी इलामका चिया उद्योगमा करिब १२ लाख किलोग्राम अर्थोडक्स चिया मौज्दात रहेको थियो। निकासी प्रक्रिया पुनः सुचारु भएसँगै उक्त चिया भारतीय बजारमा सहज रूपमा पठाउन सकिने अपेक्षा चिया व्यवसायीहरूले गरेका छन्।

    नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलाममा उत्पादित अर्थोडक्स चिया बोकेका दुई ट्रक काँकडभिट्टा नाका हुँदै भारतको पानी ट्यांकी भन्सार पार गरी गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

    लामो समयदेखिको अनिश्चितता अन्त्य भएसँगै व्यवसायीहरूले निर्यात प्रक्रिया अब नियमित रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ खेप पनि भारत पठाउन थालेका छन्।

    Post Views: 59
    प्रकाशित मिति: २०८३ असार १६, मंगलवार १६:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.