• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो

  •  नेपाल चौतारी
  • २०८३ असार १६, मंगलवार १८:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका मिथ्या सूचनामध्ये ८७ प्रतिशत सामाजिक सञ्जालमार्फत प्रसारित भएको एक अध्ययनले देखाएको छ।

    सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले आज सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचन अवधिमा मिथ्या सूचनाको प्रमुख माध्यम सामाजिक सञ्जाल रहेको पाइएको हो।

    कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले सामाजिक सञ्जालमध्ये फेसबुक सबैभन्दा ठूलो मिथ्या सूचना फैलाउने माध्यम बनेको जानकारी दिए।

    अध्ययनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट निर्मित सामग्री पनि मिथ्या सूचनाको दोस्रो ठूलो स्रोतका रूपमा देखिएको जनाएको छ। यस्ता सामग्री अधिकांश सामाजिक सञ्जालमार्फत फैलाइए पनि केही अन्य माध्यमबाट पनि प्रचारप्रसार गरिएको पाइएको छ।

    अनुसन्धानका क्रममा मनगढन्ते भिडियो, सन्दर्भ बङ्ग्याइएका सामग्री, पुराना दृश्यलाई नयाँ घटनाजस्तो प्रस्तुत गरिएका भिडियो तथा कृत्रिम रूपमा तयार पारिएका दृश्यहरू व्यापक रूपमा प्रयोग भएको पाइएको छ।

    पाठकले एआई मिथ्या सूचना निर्माणमा उदाउँदो माध्यम भए पनि हाल मुख्य वाहक भने फेसबुकसहितका सामाजिक सञ्जाल नै रहेको बताए। उनका अनुसार तथ्य जाँच गर्ने प्रयास भए पनि एआईबाट सम्पादन गरिएका भिडियो पहिचान गर्ने पर्याप्त प्रविधि नहुँदा चुनौती बढेको छ।

    अध्ययनमा पत्रकारिताका केही सामग्रीले समेत अनजानेमा मिथ्या सूचनालाई प्रवर्द्धन गरेको उल्लेख गरिएको छ। यद्यपि त्यस्ता सामग्रीको तथ्य जाँच गरिएको प्रतिवेदनमा जनाइएको छ।

    प्रतिवेदनले निर्वाचन आयोग, सञ्चारमाध्यम, नागरिक समाज, राजनीतिक दल तथा उम्मेदवारहरूले मिथ्या सूचना नियन्त्रणका लागि प्रयास गरे पनि ती पर्याप्त नभएको निष्कर्ष निकालेको छ। सामाजिक सञ्जालका कतिपय पोस्ट पछि हटाइने भएकाले तथ्य पुष्टि गर्न कठिन हुने अवस्था पनि अध्ययनले औँल्याएको छ। निर्वाचनका क्रममा तथ्य जाँचपछि केही सामग्री हटाउन निर्वाचन आयोगले मेटा कम्पनीसँग सहकार्य गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

    सिएमआरले आगामी निर्वाचनअघि द्रुत प्रतिक्रिया संयन्त्र स्थापना, सामाजिक सञ्जाल प्लेटफर्मको जवाफदेहिता सुनिश्चित गर्ने कानुनी संरचना निर्माण तथा मिथ्या सूचनालाई द्वन्द्वको प्रारम्भिक सूचक मानेर आवश्यक कारबाहीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ असार १६, मंगलवार १८:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.