• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

  •  नेपाल चौतारी
  • २०८३ असार १७, बुधबार ११:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत सहित १९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार(आज) विशेष अदालत मा हुने भएको छ। उक्त मुद्दा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासमा पेशीमा रहेको छ।

    यसअघि असार ९ गते भएको सुनुवाइ नसकिएपछि अदालतले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो। सोही मुद्दाको निरन्तर सुनुवाइका लागि बुधबार पुन: इजलासमा पेश गरिएको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्ध ३ अर्ब २१ करोड रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। थुनछेक बहसपछि विशेष अदालतले बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

    आयोगले दायर गरेको आरोपपत्रअनुसार तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई एकल निर्णयबाट टेरामक्स खरिद प्रक्रिया अघि बढाएको आरोप लगाइएको छ। मन्त्रिपरिषद्ले प्रयोग गर्ने अधिकारको अपव्याख्या गर्दै अन्तर्राष्ट्रिय कल मोनिटरिङ तथा भीओआईपी प्रणाली सञ्चालनसम्बन्धी निर्देशन दिएको र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निहित अधिकारको दुरुपयोग गरेको आयोगको दाबी छ।

    उक्त मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती लाई पनि प्रतिवादी बनाइएको छ।

    त्यसैगरी, परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्स एसएएल, त्यसको नेपाली एजेन्ट कलेक्सन ट्रेड लिंक प्रा.लि. कम्पनीका प्रमुख कार्यकारी अधिकृत जमाल अनौटी, कलेक्सन ट्रेड लिंकका अध्यक्ष दिलीपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेल लाई समेत प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूको मिलेमतोमा टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोप लगाएको छ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ असार १७, बुधबार ११:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.