• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मनसुनजन्य विपद् प्रतिकार्यका लागि कोशीका १४ जिल्लामा नेपाली सेनाको तयारी सम्पन्न

  •  नेपाल चौतारी
  • २०८३ असार १९, शुक्रबार १३:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली सेनाले मनसुनका समयमा हुनसक्ने विपद् व्यवस्थापनलाई लक्षित गर्दै कोशी प्रदेशका सबै १४ जिल्लामा आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ। यसका लागि पूर्वी पृतना तथा मातहतका युनिटहरूले विपद् प्रतिकार्यसम्बन्धी छैटौँ संस्करणको ‘अभ्यास मनसुन’ सम्पन्न गरेका छन्।

    पूर्वी पृतनापति एवं नेपाली सेनाका उपरथी गौरवकुमार केसीका अनुसार बाढी, पहिरो, डुबान, आगलागी, सवारी दुर्घटना तथा अन्य सम्भावित विपद्को प्रभावकारी प्रतिकार्यका लागि सुरक्षा निकायहरूबीच समन्वय सुदृढ बनाउँदै आवश्यक जनशक्ति र स्रोत–साधन तयारी अवस्थामा राखिएको छ।

    उनका अनुसार श्री नं. १ विपद् व्यवस्थापन गण, काठमाडौँबाट विपद् प्रतिकार्यमा प्रशिक्षित जनशक्तिलाई आवश्यक उपकरणसहित इटहरीस्थित पूर्वी पृतनामा तयारी अवस्थामा राखिएको छ। साथै, कोशी प्रदेशका सबै जिल्लामा उद्धार टोलीलाई २४सैँ घण्टा परिचालन गर्न सकिने अवस्थामा राखिएको सेनाले जनाएको छ।

    उद्धार कार्यका लागि डुंगा, लाइफ ज्याकेट, डोरी, स्ट्रेचर, कटर, सञ्चार उपकरणलगायत आवश्यक सामग्रीको व्यवस्था गरिएको छ। खोज तथा उद्धारमा दक्ष जनशक्तिलाई परिचालन गर्ने व्यवस्था मिलाइनुका साथै विपद् अवस्थाको अभ्यास र तालिमसमेत सम्पन्न गरिएको जानकारी दिइएको छ।

    नेपाली सेनाका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार सबै तहमा मनसुन प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरी सञ्चालनमा ल्याइएको छ। प्रदेश, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग समन्वय र सूचना आदान–प्रदानको प्रणालीलाई समेत थप प्रभावकारी बनाइएको छ।

    मौसम पूर्वानुमान तथा बाढी–पहिरोसम्बन्धी पूर्वसूचनाको निरन्तर निगरानी गर्दै आवश्यक परे तत्काल उद्धार, राहत वितरण, प्रभावित नागरिकको सुरक्षित स्थानमा स्थानान्तरण तथा अत्यावश्यक सेवाको सहजीकरणका लागि इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा हेलिकप्टर ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको सेनाले जनाएको छ।

    प्राकृतिक प्रकोप वा ठूला सवारी दुर्घटनाबाट धेरै मानिस प्रभावित हुने अवस्था आएमा इटहरीस्थित सैनिक अस्पतालबाट शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाभ्याससमेत सम्पन्न गरिएको सेनाले जानकारी दिएको छ।

    नेपाली सेनाले मनसुनका बेला नागरिकलाई आधिकारिक निकायबाट जारी सूचना तथा चेतावनीको पालना गर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र आपत्कालीन अवस्था आएमा नजिकको सुरक्षा निकायसँग तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

    Post Views: 43
    प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार १३:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.