• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम पुगे ?

  •  नेपाल चौतारी
  • २०८३ असार २०, शनिबार १०:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै प्रि-क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो ।

    ४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् ।

    साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, चौथो भएको मोरक्को, युरोपका शक्ति स्पेन, इंग्ल्यान्ड र बेल्जियम सहित १६ राष्ट्र अब अन्तिम आठका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    यी हुन् १६ टीम:

    १. क्यानडा

    २. मोरक्को

    ३. फ्रान्स

    ४. पाराग्वे

    ५. ब्राजिल

    ६. नर्वे

    ७. मेक्सिको

    ८. इङ्ल्यान्ड

    ९. पोर्चुगल

    १०. स्पेन

    ११. अमेरिका

    १२. बेल्जियम

    १३. अर्जेन्टिना

    १४. इजिप्ट

    १५. स्विट्जरल्यान्ड

    १६. कोलम्बिया

    राउन्ड अफ १६

    अन्तिम १६ को पहिलो खेल क्यानडा र मोरक्कोबीच हुनेछ । उक्त खेल आजै राति पौने ११ बजे हुनेछ । त्यस्तै अर्को खेलमा पाराग्वे र फ्रान्सले भोलि बिहान पौने ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।

    ब्राजिल र नर्वेबीच सोमबार बिहान पौने २ बजेदेखि खेल हुनेछ । त्यही दिन बिहान मेक्सिको र इंग्ल्यान्ड पनि खेल्ने छन् । मंगलबार बिहान पौने १ बजे पोर्चुगल र स्पेन आमनेसामने हुनेछन् । त्यही दिन बिहान अमेरिका र बेल्जियम पनि खेल्ने छन् ।

    मंगलबार राति पौने १० बजे अर्जेन्टिना र इजिप्ट आमनेसामने हुनेछन् । बुधबार बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बिया भिड्ने छन् ।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ असार २०, शनिबार १०:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.