• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लिग-२ शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको औपचारिक बिदाइ

  •  नेपाल चौतारी
  • २०८३ असार २१, आईतवार १५:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृङ्खलामा सहभागी हुन प्रस्थान गर्ने तयारीमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ।

    नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयोजना गरेको कार्यक्रममा टोलीलाई आगामी अन्तर्राष्ट्रिय शृङ्खलाका लागि शुभकामना दिइएको हो। प्रतियोगिता जुलाई २१ देखि नेदरल्यान्ड्समा नेपाल, नामिबिया र आयोजक नेदरल्यान्ड्सबीच सञ्चालन हुनेछ। त्यसअघि नेपाली टोलीले जर्सीमा तयारीस्वरूप अभ्यास तथा मैत्रीपूर्ण खेलहरू खेल्ने कार्यक्रम रहेको छ।

    बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले पछिल्लो वर्ष स्कटल्यान्डमा देखाएको प्रदर्शनलाई निरन्तरता दिन सकिने विश्वास व्यक्त गर्दै युरोपेली शृङ्खलामा प्रतिस्पर्धात्मक खेल अपेक्षित रहेको बताए। उनले आगामी महिनाहरूमा लिग-२ सहित घरेलु प्रतियोगिता एनपीएलका कारण क्रिकेट गतिविधि व्यस्त रहने उल्लेख गरे।

    त्यस्तै कप्तान रोहित पौडेलले पछिल्लो समय फिटनेस केन्द्रित अभ्यास र तयारी सन्तोषजनक रहेको बताउँदै विश्वकप यात्राका दृष्टिले आगामी शृङ्खलालाई महत्वपूर्ण अवसरका रूपमा लिएको प्रतिक्रिया दिए।

    क्यान अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई दबाबमुक्त प्रदर्शन गर्न सुझाव दिँदै आगामी घरेलु शृङ्खलाले टोलीको मनोबल उच्च बनाएको बताए।

    क्यानका अनुसार जर्सीमा हुने तयारी कार्यक्रमअन्तर्गत दुई एक दिवसीय अभ्यास खेल क्रमशः जुलाई १३ र जुलाई १५ मा तय गरिएको छ। खेलहरू स्थानीय अवस्थासँग मिल्दोजुल्दो वातावरणमा तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    पछिल्ला घरेलु शृङ्खलामा नेपालले आठमध्ये छ खेल जित्दै लिग-२ अंकतालिकामा आफ्नो स्थिति सुधार गरेको पनि क्यानले जनाएको छ।

    यस शृङ्खलाका लागि टोली व्यवस्थापकका रूपमा क्यानका सदस्य श्रीधर केसीलाई जिम्मेवारी दिइएको छ भने मुख्य प्रशिक्षक स्टुअर्ट ललाई पासपोर्ट नवीकरण प्रक्रियाका कारण तत्काल टोलीसँग नजोडिने जनाइएको छ।

    Post Views: 57
    प्रकाशित मिति: २०८३ असार २१, आईतवार १५:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.