• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ग्लोबल पासपोर्ट इन्डेक्स : स्वीडेन शीर्ष, नेपाली पासपोर्ट १६४औँ स्थानमा

  •  नेपाल चौतारी
  • २०८३ असार २२, सोमबार ११:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । ग्लोबल सिटिजन सोलुसन्सले सार्वजनिक गरेको ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ मा स्वीडेन विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा पहिलो स्थानमा परेको छ। शीर्ष १० मध्ये नौ स्थान युरोपेली देशले ओगटेका छन् भने नेपाल गत वर्षको तुलनामा दुई स्थान सुधार गर्दै १६४औँ स्थानमा पुगेको छ।

    परम्परागत रूपमा बिनाभिसा यात्रालाई मात्र आधार नमान्दै यस इन्डेक्समा १४ सूचकमार्फत पासपोर्टको शक्ति मूल्यांकन गरिएको छ। भ्रमण सहजतालाई ५० प्रतिशत तथा लगानीका अवसर र जीवनस्तरलाई २५–२५ प्रतिशत भार दिइएको छ। मूल्यांकनमा विश्व बैंक, विश्व आर्थिक मञ्च र दिगो विकास प्रतिवेदनलगायत अन्तर्राष्ट्रिय संस्थाका तथ्यांक प्रयोग गरिएको छ।

    प्रतिवेदनअनुसार नेपाली पासपोर्टधारीले १० देशमा बिनाभिसा वा आगमनमा भिसा सुविधा प्राप्त गर्न सक्छन्। भारत, प्यालेस्टाइन, डोमिनिका, माइक्रोनेसिया, हाइटी, फिलिपिन्स, पाकिस्तान र सिंगापुर तीमध्ये प्रमुख गन्तव्य हुन्। यद्यपि अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, चीन र जापानसहित करिब १०७ गन्तव्यमा यात्रा गर्न नेपाली नागरिकले पूर्वभिसा लिनुपर्ने हुन्छ।

    दक्षिण एसियाली देशमध्ये चीन १०४औँ, भारत १२५औँ, भुटान १३२औँ, माल्दिभ्स १०७औँ, श्रीलंका १४१औँ, नेपाल १६४औँ, पाकिस्तान १८८औँ र अफगानिस्तान १९७औँ स्थानमा रहेका छन्। अफगानिस्तान यस वर्ष पनि सूचीको अन्तिम स्थानमा परेको छ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ असार २२, सोमबार ११:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.