• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपालको आर्थिक रूपान्तरणमा सहयोग विस्तार गर्ने एडिबी अध्यक्षको प्रतिबद्धता

  •  नेपाल चौतारी
  • २०८३ असार २३, मंगलवार १५:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्डाले नेपालको आर्थिक विकास र रूपान्तरणका लागि बैंकको सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भएको भेटमा अध्यक्ष कान्डाले नेपाल र एडीबीबीचको लामो समयदेखिको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै रोजगारी सिर्जना, लगानी प्रवर्द्धन र आर्थिक क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोग बढाउने बताएका हुन् ।

    एडिबीका अध्यक्षले नेपाल आर्थिक रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै थप सुदृढ र लचिलो अर्थतन्त्र निर्माणका लागि सहकार्य आवश्यक रहेको धारणा राखेका छन् । उनले एडिबी नेपालका लागि प्रमुख बहुपक्षीय विकास साझेदारका रूपमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा जनताले प्रत्यक्ष लाभ पाउने क्षेत्रमा केन्द्रित हुने बताएका छन् ।

    अध्यक्ष कान्दाले सन् २०२९ सम्म नेपालका लागि एडिबीको थप सहयोग करिब २ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ पुग्ने जानकारी दिएका छन् ।

    यसैबीच, एडिबी अध्यक्षको भ्रमणका क्रममा नेपाल र उक्त बैंकबीच १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग सम्झौतासमेत भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले र एडिबी अध्यक्ष कान्दाबीचको भेटका अवसरमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौताअन्तर्गत ११ करोड ५० लाख अमेरिकी डलर खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी परियोजनामा परिचालन गरिनेछ । उक्त परियोजनाले ८ लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित र भरपर्दो खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य राखेको एडिबीले जनाएको छ ।

    त्यसैगरी, ५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सहयोग भन्सार प्रणाली सुधार, व्यापार लागत न्यूनीकरण, डिजिटल प्रक्रिया विस्तार तथा मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउने क्षेत्रमा प्रयोग गरिने भएको छ ।

    भ्रमणका क्रममा अध्यक्ष कान्डाले एडिबीको सहयोगमा सञ्चालन भइरहेका विभिन्न विकास परियोजनाको अवलोकन गरेका छन् । उनले काठमाडौँका दुई वटा विद्युत् सबस्टेसनको भर्चुअल उद्घाटनसमेत गरेका थिए । उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ र नेपालका लागि नर्वेकी राजदूत डाग्नी म्योस सहभागी थिए ।

    एडिबी अध्यक्षले भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत एडिबीको सहयोगमा पुनर्निर्माण गरिएको विश्व निकेतन विद्यालयको समेत अवलोकन गरेका छन् । शिक्षामन्त्री सस्मित पोखरेलसँगै विद्यालय पुगेका उनले कृत्रिम बौद्धिकता (एआई) साक्षरता तथा शिक्षकको डिजिटल सीप विकाससम्बन्धी कार्यक्रमको उद्घाटन गरेका थिए ।

    नेपाल भ्रमणका क्रममा अध्यक्ष कान्दाले अर्थमन्त्री वाग्लेसँगको भेटमा लगानी वातावरण सुधार, निजी क्षेत्रको भूमिका विस्तार, आर्थिक वृद्धि र उत्थानशीलता अभिवृद्धिका विषयमा छलफल गरेका छन् । उनले निजी क्षेत्रका प्रतिनिधिसँग समेत भेट गरी नेपालमा लगानीका सम्भावना र चुनौतीबारे जानकारी लिएको एडिबीले जनाएको छ ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार १५:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.