• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा

  •  नेपाल चौतारी
  • २०८३ असार २४, बुधबार १५:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताएका छन्।

    अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दाबी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो।

    टर्कीको राजधानी अङ्कारामा जारी नाटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पारे। उनले इरानी नेतृत्वमाथि कडा टिप्पणी गर्दै तेहरानसँग अब वार्ताको कुनै औचित्य नरहेको धारणा व्यक्त गरे।

    ट्रम्पले इरानसँग थप सम्झौता गर्न चाहना नरहेको बताउँदै तेहरानले आणविक हतियार प्राप्त गरे त्यसको प्रयोग गर्न पछि नपर्ने आरोप पनि लगाए। उनले इरानी नेतृत्वलाई अविश्वसनीय र हिंसात्मक प्रवृत्तिको भएको आरोप लगाउँदै आफू अब उनीहरूसँगको वार्तालाई समयको बर्बादी ठान्ने बताए।

    उनले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनर इरानसँग सम्पर्कमा रहे पनि वार्ता पुनः सुरु गर्ने कि नगर्ने निर्णय अब तेहरानकै हातमा रहेको उल्लेख गरे।

    ट्रम्पले जुन १७ मा वासिङ्टन र तेहरानबीच भएको युद्धविरामसम्बन्धी सहमतिलाई इरानले पटक–पटक गलत रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाए। उनका अनुसार दुवै पक्षबीच इरानले आणविक हतियार विकास नगर्ने विषयमा सहमति भए पनि इरानले त्यसलाई सार्वजनिक रुपमा अस्वीकार गर्दै आएको छ।

    ट्रम्पको युद्धविराम समाप्त भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले बढेको छ र यसले मध्यपूर्वको पछिल्लो तनावले विश्व ऊर्जा बजारमा समेत असर पार्न थालेको संकेत गरेको छ।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ असार २४, बुधबार १५:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.