• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसले संविधान संशोधनबारे पार्टीको धारणा सार्वजनिक गर्दै

  •  नेपाल चौतारी
  • २०८३ असार २५, बिहीबार १०:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनबारे आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्ने भएको छ। पार्टी सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ शीर्षकको दस्तावेज आज सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

    यसका लागि आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

    संविधान संशोधनसम्बन्धी अध्ययन तथा सुझाव तयार गर्न कांग्रेसले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ समिति गठन गरेको थियो। समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी र ललितकुमार बस्नेत सदस्य छन्। त्यस्तै अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक पनि समितिमा आबद्ध छन्। समितिको सदस्य–सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवालले सम्हालेका छन्।

    उक्त समितिले तयार पारेको अध्ययन प्रतिवेदन र सुझावका आधारमा कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेको हो।

    संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलहरूबीच मतभिन्नता कायम रहेका बेला कांग्रेसको यो कदमलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

    यसअघि संविधान संशोधनसम्बन्धी बहस र प्रक्रियालाई अघि बढाउने उद्देश्यले गठन गरिएको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ बाट नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले (राजमो) बाहिरिने निर्णय गरेका थिए।

    प्रमुख दलहरूको बहिर्गमनपछि संविधान संशोधनको बहस थप जटिल बनेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक गर्न लागेको आधिकारिक दृष्टिकोणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

    Post Views: 57
    प्रकाशित मिति: २०८३ असार २५, बिहीबार १०:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.