• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

शेखरले दिएको समयसीमा आज सकिने, के गर्दैछन् सभापति गगन थापा ?

  •  नेपाल चौतारी
  • २०८३ असार २५, बिहीबार १०:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विषेश महाधिवेशनपछि नेपाली कांग्रेसका देखिएको विवाद समाधान गर्नका लागि सो महाधिवेशनबाट चयन भएका सभापति गगन थापालगायतको नेतृत्वललाई नेता डा। शेखर कोइरालाले दिएको समयसीमा आज सकिदैछ । नेता डा कोइरालाले उपसभापति विश्वप्रकाश शर्मामार्फत पार्टी एकताबारे २५ असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई समयसीमा असार २० गते सार्वजानिक गरेका थिए ।

    नेता कोइरालालाई भेट्न उपसभापति शर्मा असार १८ गते डा शेखरको निवास धापासी पुगेका थिए । सो दिनका भेटमा नेता कोइरालाले उपसभापति शर्मालाई २५ असारभित्र स्पष्ट निर्णय गर्न समयसीमा दिएका हुन् । नेतृत्वले पार्टी एकता गर्न नचाहेको नेता कोइरालाको निष्कर्ष रहेको पनि दाबी गरे । उपसभापति शर्मासँगको छलफलपछि नेता कोइराला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगेका थिए ।

    कोइरालाले बिहीबार नै नेताहरू कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, डा प्रकाशशरण महत र एनपी साउदसँग पछि छुट्टाछुट्टै छलफल गरेका थिए । नेता कोइराला शनिबार पूर्वउपसभापति विमलेन्द्र निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । शेखरले २५ असारसम्मको समयसीमा दिएको कुरा नेता निधिलाई पनि सुनाएका थिए । निधिले कोइरालाको भनाई उदृत गर्दै भनेका थिए – ‘२५ असारसम्म मिले मिल्छ, नत्र बाटो अलगअलग हुन्छ भन्नुभएको छ ।’

    तर डा शेखरले दिएको समयसीमापछि पनि संस्थापन पक्षका नेताहरूले खासै पार्टीलाई एक बनाउनका लागि पहल गरेको देखिदैन । बरु नेपाली जनसम्पर्क समितिको अधिवेशनको भर्चअल महाधिवेशन उद्घाटन गर्दै सभापति थापाले केन्द्रीय समिति मर्च गर्ने वा १५ औं महाधिवेशन आयोजक समिति बनाउने र पुस १० गते तत्कालिन महामन्त्री गगन थापाले अन्तिम रुप दिएको क्रियाशील सदस्यताबाट महाधिवेशन अगाडि बढाउन नसकिने स्पष्ट पारेका छन् ।

    Post Views: 204
    • @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma
    प्रकाशित मिति: २०८३ असार २५, बिहीबार १०:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.