• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकप क्वार्टरफाइनलमा स्पेन–बेल्जियम भिड्दै, सेमिफाइनलमा कसले मार्ला बाजी?

  •  नेपाल चौतारी
  • २०८३ असार २६, शुक्रबार २०:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। सन् २०१० मा विश्वकपको उपाधि जितेपछि विश्वकप यात्रामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्पेन १६ वर्षपछि फेरि क्वार्टरफाइनलमा पुगेको छ। सह–आयोजक अमेरिकालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको बेल्जियम भने स्पेनलाई हराउँदै सेमिफाइनल प्रवेश गर्ने योजनामा छ।

    तर, स्पेनलाई कमजोर आँक्न सकिँदैन। पछिल्लो समय उत्कृष्ट लयमा रहेको स्पेनले यस विश्वकपमा अहिलेसम्म कुनै गोल खाएको छैन। विपक्षी टोलीलाई आफ्नो रक्षापङ्क्ति पार गर्न नदिएको स्पेनले प्रतियोगितामै उत्कृष्ट डिफेन्सको उदाहरण प्रस्तुत गरेको छ।

    रक्षात्मक मजबुतीसँगै आक्रमणमा पनि स्पेन प्रभावशाली देखिएको छ। पोर्चुगलजस्तो बलियो टोलीलाई पराजित गर्दै स्पेनले आफ्नो क्षमता प्रमाणित गरेको छ। बल नियन्त्रणमा पकड र संगठित खेलका कारण स्पेनलाई यस प्रतियोगिताको उपाधि दाबेदार टोलीमध्ये एक मानिएको छ।

    स्पेनको यात्रा

    समूह ‘एच’ को विजेता बन्दै स्पेनले नकआउट चरणमा स्थान बनाएको थियो। समूह चरणमा साउदी अरेबिया र उरुग्वेलाई पराजित गरेको स्पेनले केप भर्डेसँग बराबरी खेलेको थियो।

    त्यसपछि राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले र राउन्ड अफ १६ मा पोर्चुगललाई १–० ले हराउँदै स्पेन क्वार्टरफाइनल पुगेको हो। प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको टोली पछिल्ला ३५ खेलदेखि अपराजित छ।

    बेल्जियमको चुनौती

    समूह ‘जी’ को विजेता बनेको बेल्जियमले समूह चरणमा न्युजिल्याण्डलाई पराजित गरेको थियो भने इरान र इजिप्टसँग बराबरी खेलेको थियो।

    नकआउट चरणमा बेल्जियमले अमेरिकालाई ४–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश गर्‍यो। त्यसपछि सेनेगललाई ३–२ ले पराजित गर्दै टोलीले क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

    फिफा वरीयतामा स्पेन तेस्रो र बेल्जियम आठौँ स्थानमा छन्। वरीयतामा पछि रहे पनि बेल्जियमका गोलरक्षक थिबाउट कोर्तवाले टोलीमा जितको विश्वास रहेको बताएका छन्। उनका अनुसार टोली निरन्तर सुधार हुँदै गएको छ र खेलाडीहरूको आत्मविश्वास उच्च छ।

    बेल्जियमका लागि रोमेलु लुकाकु मुख्य हतियार हुन्। उनले प्रतियोगितामा तीन गोल गरिसकेका छन्। अर्कोतर्फ, स्पेनका युवा विङ्गर लामिन यामल र मिकेल ओयारजाबलको जोडी बेल्जियमको रक्षापङ्क्तिका लागि चुनौती बन्न सक्छ।

    इतिहासमा स्पेन र बेल्जियम

    विश्वकपमा स्पेन र बेल्जियम यसअघि दुई पटक आमनेसामने भएका छन्। दुवै टोलीले एक–एक खेल जितेका छन्।

    सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा बेल्जियमले पेनाल्टी सुटआउटमार्फत स्पेनलाई पराजित गरेको थियो। त्यसको चार वर्षपछि सन् १९९० को समूह चरणमा स्पेनले बेल्जियमलाई २–१ ले हराएको थियो।

    स्पेनले विश्वकप इतिहासमा अहिलेसम्म सन् १९५० र २०१० गरी दुई पटक मात्र क्वार्टरफाइनल खेलेको छ। सन् २०१० मा भने स्पेनले पहिलोपटक विश्वकप उपाधि जितेको थियो।

    आजको खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ असार २६, शुक्रबार २०:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.