• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गणेश नेपालीका परिवारलाई रोजगारी र निःशुल्क शिक्षा दिने काठमाडौँ महानगरको घोषणा

  •  नेपाल चौतारी
  • २०८३ असार २७, शनिबार ०८:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ।

    महानगरका प्रवक्ता नवीन मानन्धरले शुक्रबार जारी गरेको विज्ञप्तिमा दिवंगत नेपालीका परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, रोजगारीको व्यवस्था गर्ने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने विषयमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिने उल्लेख गरिएको छ।

    महानगरले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

    विज्ञप्तिमा गृह मन्त्रालयले गठन गर्ने छानबिन समितिलाई काठमाडौं महानगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ। छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने र नेपाल सरकारसँग समन्वय गरेर यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गरिने महानगरले जनाएको छ।

    महानगरले संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबैलाई संयमित र धैर्यवान रहन समेत अपील गरेको छ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ असार २७, शनिबार ०८:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.