• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कर्णाली नदीमा खसेको गाडी दुर्घटना: बेपत्ता चारमध्ये तीन जनाको शव फेला

  •  नेपाल चौतारी
  • २०८३ असार २८, आईतवार ०७:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कर्णाली । कर्णाली नदीमा खसेर बेपत्ता भएका चार जनामध्ये तीन जनाको शव फेला परेको छ। असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा खसेर दुर्घटनामा परेको थियो।

    दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि आज अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडास्थित कर्णाली नदी किनारमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी तुलाराम सुवेदीको शव फेला परेको हो।

    यसअघि पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवा तथा रास्कोट नगरपालिका–२, खड्कागाउँ निवासी १८ वर्षीया सिर्जना खड्काको शव पनि फेला परिसकेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा बेपत्ता भएका तुलाराम सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र दुर्घटनाग्रस्त फोर्स गाडी अझै फेला परेका छैनन्। उनीहरू तथा गाडीको खोजीका लागि गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना परिचालन गरिएको छ।

    Post Views: 40
    प्रकाशित मिति: २०८३ असार २८, आईतवार ०७:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.