• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

  •  नेपाल चौतारी
  • २०८३ असार २८, आईतवार १३:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानको तेस्रो चरण पूरा भएको जनाएको छ। कमाण्डका अनुसार यस चरणमा करिब १४० वटा लक्ष्यमा आक्रमण गरिएको थियो।

    सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’मार्फत दिएको जानकारीअनुसार आक्रमणका क्रममा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपण केन्द्र, गोलाबारुद भण्डारणस्थल, सञ्चार प्रणाली र अन्य महत्वपूर्ण सैन्य पूर्वाधारलाई निशाना बनाइएको थियो।

    यसअघि जारी गरिएको विज्ञप्तिमा कमाण्डले व्यावसायिक जहाजमाथि भएका आक्रमणपछि इरानलाई समझदारी तथा सहमति पालना गर्ने अवसर दिइएको भए पनि उसले त्यसलाई पालना गर्न असफल भएको दाबी गरेको थियो।

    यसैबीच, युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले शनिबार अबेर ओमानको तट नजिकै भएको घटनापछि एउटा कन्टेनर जहाजमा क्षति पुगेको र आगलागी भएको जनाएको छ।

    इरानको सरकारी सञ्चारमाध्यम ‘प्रेस टीभी’का अनुसार दक्षिणी इरानका विभिन्न क्षेत्रमा विस्फोट भएका छन्। त्यस्तै, इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य तथा रणनीतिक लक्ष्यविरुद्ध जवाफी आक्रमण सुरु गरेको दाबी गरेको छ।

    समाचार विवरणअनुसार संयुक्त अरब इमिरेट्स र कतारमा आक्रमण भएको तथा बहराइनमा क्षेप्यास्त्र चेतावनी प्रणाली सक्रिय गरिएको उल्लेख गरिएको छ।

    कतारको गृह मन्त्रालयले केही घण्टाभित्रै दोस्रो पटक राष्ट्रिय सुरक्षा सतर्कता बढाउँदै नागरिकका लागि सार्वजनिक सूचना जारी गरेको थियो। मन्त्रालयले सर्वसाधारणलाई घरभित्रै बस्न, सिसाका झ्यालबाट टाढा रहन, अनावश्यक आवतजावत नगर्न र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।

    यसैबीच, इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेसको कमाण्ड तथा नियन्त्रण केन्द्र र ड्रोन ह्याङ्गरमा आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ।

    यसअघि इरानले आफ्नो पहिचान प्रणाली बन्द गरी अनधिकृत मार्ग प्रयोग गरिरहेको एक जहाजमाथि कारबाही गरिएको जनाएको थियो। त्यसपछि उसले होर्मुज जलसन्धि बन्द गरिएको घोषणा गर्दै उक्त कदमको प्रतिशोध लिन खोज्ने कुनै पनि प्रयासको कडा जवाफ दिने चेतावनी दिएको थियो।

    आईआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षामा जोखिम उत्पन्न गर्ने गरी पहिचान प्रणाली निष्क्रिय राखेको जहाजलाई लक्षित गरी कारबाही गरिएको उल्लेख गरिएको छ।

     

    विज्ञप्तिअनुसार, होर्मुज जलसन्धि अर्को सूचना जारी नभएसम्म र त्यस क्षेत्रमा अमेरिकी सैन्य हस्तक्षेप अन्त्य नभएसम्म बन्द रहने दाबी गरिएको छ।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ असार २८, आईतवार १३:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.