राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता भएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न आजै त्यसतर्फ जान लागेका हुन् ।
उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश दिनेछन् ।






