• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

  •  नेपाल चौतारी
  • २०८३ असार ३०, मंगलवार १४:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पर्वत । पर्वत जिल्लाको पैयूँ गाउँपालिकामा किसानहरूले सामूहिक रूपमा अदुवा खेती विस्तार गरेपछि बाँदरको समस्या क्रमशः घट्न थालेको छ। बाँदर तथा अन्य वन्यजन्तुको आतंकका कारण परम्परागत मकै खेती छोड्दै किसानहरू अहिले नगदे बाली अदुवातर्फ आकर्षित भएका छन्।

    दक्षिण पर्वतको अधिकारीडाँडामा ४० जना किसानले यस वर्ष ६० रोपनी क्षेत्रफलमा सामूहिक अदुवा खेती गरेका छन्। समूहका अध्यक्ष हुमलाल अधिकारीका अनुसार गत वर्ष पाँच रोपनीमा गरिएको अदुवा खेतीबाट अपेक्षाभन्दा राम्रो आम्दानी भएपछि यस वर्ष खेतीको क्षेत्रफल उल्लेखनीय रूपमा विस्तार गरिएको हो।

    गत वैशाखमा रोपिएको अदुवा आगामी पुस महिनामा खनेर बजारमा पठाइने तयारी गरिएको छ। प्रत्येक किसानले चारदेखि छ क्विन्टलसम्म अदुवाको बीउ रोपेका छन्। गत वर्ष करिब ६० क्विन्टल अदुवा बिक्री गरेर रु. ६ लाख आम्दानी गरेका किसानहरूले यस वर्ष १० मेट्रिक टनभन्दा बढी उत्पादन हुने अपेक्षा गरेका छन्।

    किसानहरूका अनुसार मकै र कोदो खेती घटेपछि बाँदरको उपद्रव पनि कम भएको छ। साथै, स्थानीय ‘नशे’ जातको अदुवाले राम्रो उत्पादन दिएपछि किसानहरू व्यावसायिक अदुवा खेतीतर्फ अझ बढी आकर्षित भएका छन्। यसबाट उनीहरूको आम्दानी पनि अघिल्लोभन्दा झन्डै दोब्बर भएको बताइएको छ।

    अदुवा खेतीको प्रवर्द्धन तथा किसानलाई प्रोत्साहन गर्न कृषि विकास कार्यालय पर्वतले बीउ खरिदमा प्रतिकिलो रु. १०० र उत्पादित अदुवामा प्रतिकिलो रु. ५० का दरले अनुदान उपलब्ध गराएको छ। साथै, यस वर्ष पैयूँ गाउँपालिकाले किसान समूहलाई थप रु. ३ लाख अनुदान प्रदान गरेको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।

    नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्रका रूपमा परिचित छ। यहाँ उत्पादन हुने करिब ६० प्रतिशत अदुवा भारतलगायत अन्य मुलुकमा निर्यात हुने गरेको छ। ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन र किसानको आयआर्जन बढाउन अदुवा खेतीलाई महत्त्वपूर्ण नगदे बालीका रूपमा हेरिन्छ।

    हाल नेपालका ६९ जिल्लामा व्यावसायिक रूपमा अदुवा खेती हुँदै आएको छ। इलाम, सल्यान, पाल्पा, डोटी, मकवानपुर र धनकुटा देशका प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामा पर्छन्।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार १४:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.