• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सिंहदरबारबाट पक्राउ परेका विद्यार्थी नेताको रिहाइको माग गर्दै ११ विद्यार्थी संगठनको संयुक्त वक्तव्य

  •  नेपाल चौतारी
  • २०८३ असार ३१, बुधबार १९:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न ११ विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन्।

    अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित ६ जना विद्यार्थी नेता बुधबार बिहान सिंहदरबार गेटअगाडि ‘राज्य आतंक बन्द गर’ भन्ने नारासहित सांकेतिक प्रदर्शन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।

    घटनापछि विभिन्न राजनीतिक दल निकट ११ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूको पक्राउप्रति आपत्ति जनाएका छन्। विज्ञप्तिमा आलोचनात्मक आवाजलाई नियन्त्रण गर्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक स्वतन्त्रताविपरीत रहेको उल्लेख गरिएको छ।

    संगठनहरूले राज्यद्वारा सिर्जित दमनको सांकेतिक विरोध गर्न खोज्ने विद्यार्थीमाथि गरिएको धरपकडको भर्त्सना गर्दै पक्राउ परेका सबै नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेका छन्।

    साथै, दमनात्मक गतिविधि नरोकिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन्।

    संयुक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवाल, अनेरास्ववियुकी महासचिव अन्जना सिवाकोटी, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटा, अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठलगायत ११ विद्यार्थी संगठनका प्रतिनिधिहरूको हस्ताक्षर रहेको जनाइएको छ।

    image-220-1784120718.png

    Post Views: 40
    प्रकाशित मिति: २०८३ असार ३१, बुधबार १९:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.