• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक बस्दै

  •  नेपाल चौतारी
  • २०८३ असार ३२, बिहीबार ११:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज केहीबेरमा बस्दैछ। बैठक संसदीय दलको कार्यालयमा हुने र प्रदेशको पछिल्लो राजनीतिक अवस्था तथा सत्ता समीकरणबारे छलफल केन्द्रित रहने जनाइएको छ।

    बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेबाट नियुक्त मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। त्यसपछि उनले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन्।

    मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न सहयोग गर्न र त्यसपछि सत्ता सहकार्य अघि बढाउने प्रस्ताव गरेका थिए। तर नेकपाले उक्त प्रस्ताव अस्वीकार गरेको थियो। यद्यपि दुवै पक्षबीच राजनीतिक संवाद भने निरन्तर जारी रहेको बताइएको छ।

    यसअघि एमालेले आगामी आर्थिक वर्ष २०८३/८४ को प्रदेश बजेटप्रति असहमति जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो। यही विषयलाई लिएर कांग्रेस–एमालेबीचको सत्ता सहकार्यमा विवाद चुलिएको थियो, जसको परिणामस्वरूप गठबन्धन टुटेको हो।

    एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहमाथि बिहीबार राति १२ बजाभित्र प्रदेशको बजेट पारित गराउने दबाब छ। यदि तोकिएको समयभित्र बजेट पारित हुन सकेन र सरकारले पेश्की बजेटसमेत ल्याउन नसके प्रदेश आर्थिक रूपमा बजेट शून्यताको अवस्थामा पुग्ने जोखिम रहेको छ।

    Post Views: 40
    प्रकाशित मिति: २०८३ असार ३२, बिहीबार ११:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.