• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १, शुक्रबार ०८:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भोजपुर।भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा परेको छ । प्राकृतिक रूपमा सुन्दर र शान्त वातावरण रहेको यो स्थल पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

    स्थानीयवासीका अनुसार यस देवस्थलमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ । उक्त अवसरमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । साथै, यहाँको पानीमा नुहाएमा घाउ–खटिरा वा छालासम्बन्धी समस्या निको हुने विश्वाससमेत छ ।

    देवस्थलमा पूजा गरेपछि चिताएको पुग्ने र रोग निको हुने विश्वास रहेको स्थानीयवासी सुविन राईले बताए। ‘छरछरे पखुवा देवी ओझेलमा परेको छ । यो स्थानको उचित प्रचारप्रसार हुनसकेमा धार्मिक पर्यटनको राम्रो सम्भावना छ’, उनले भने।

    यो देवस्थल भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत पर्ने हिलेभञ्ज्याङबाट करिब तीन किलोमिटरभित्र छ । पछिल्लो समय स्थानीय तह तथा समुदायको सक्रियतामा उक्त देवस्थलको भौतिक विकासको प्रक्रिया अघि बढाइएको छ ।

    देवदेवीका मूर्तिको संरक्षणका लागि घेराबारा निर्माण गरिएको छ भने श्रद्धालु तथा पर्यटकलाई सहज आवतजावतका लागि सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ ।

    प्राकृतिक रूपमा अत्यन्त मनमोहक र अलौकिक अनुभूति दिने यो स्थान धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ । हरियाली वन, स्वच्छ वातावरण र धार्मिक आस्थाको संगमले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ । व्यवस्थित योजना, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

    देवस्थलको दर्शनका लागि पुगेका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले देवस्थललाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न पर्याप्त सम्भावना रहेको बताए। प्राकृतिक सौन्दर्य र धार्मिक आस्था दुवै रहेको यस स्थललाई योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

    स्थानीयवासीका अनुसार देवस्थलको संरक्षण र प्रवर्द्धनका लागि थप लगानी आवश्यक छ । सूचना पाटी, विश्रामस्थल, खानेपानी, सरसफाइ तथा आवासको व्यवस्था गर्नसके यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनीहरूको भनाइ छ ।

    Post Views: 35
    प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार ०८:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.