• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १, शुक्रबार १२:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर । ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना बर्डफ्लु संक्रमण नियन्त्रणमा आएपछि आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ।

    गत असार ५ गते चिडियाखानाभित्र रहेका काग, गिद्ध, हाँसलगायतका पक्षीमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) संक्रमण पुष्टि भएपछि सावधानीस्वरूप चिडियाखाना पूर्ण रूपमा बन्द गरिएको थियो।

    संक्रमण नियन्त्रणका लागि संक्रमित पक्षीको उपचार, खोरहरूको गहन सरसफाइ तथा जैविक सुरक्षासम्बन्धी आवश्यक व्यवस्थापनका कामहरू सम्पन्न गरिएको चिडियाखाना प्रशासनले जनाएको छ। त्यसपछि गरिएको वातावरणीय नमुना परीक्षणमा बर्डफ्लु भाइरसको अवस्था नेगेटिभ देखिएपछि चिडियाखाना पुनः खोल्ने निर्णय गरिएको हो।

    चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले जैविक सुरक्षाका मापदण्ड पूरा भएको निष्कर्ष निकाल्दै सञ्चालन अनुमति दिएको थियो।

    चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार अब चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म अवलोकनका लागि खुला रहनेछ। चिडियाखानाभित्र प्रवेश गरेका आगन्तुकले भने बेलुका ५ बजेसम्म परिसर खाली गरिसक्नुपर्नेछ।

    लामो समयपछि पुनः खुला गरिएको चिडियाखानामा आउने आगन्तुकलाई व्यवस्थापनले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। जनावर तथा पक्षी अवलोकन गर्दा सुरक्षित दूरी कायम गर्न, संक्रमित पक्षी राखिएका क्षेत्र नजिक नजान र तोकिएका सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ।

    यसअघि संक्रमण देखिएका पक्षीका खोरहरूलाई रातो रिबनले घेराबन्दी गरी सुरक्षित राखिएको छ। ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न तथा दूरी कायम गर्न व्यवस्थापनले आग्रह गरेको छ।

    त्यसैगरी, आगन्तुकलाई चिडियाखाना परिसरमा ल्याइएका खानेकुरा खुला स्थानमा नखान, प्रयोग भएका प्लास्टिक तथा अन्य फोहोर डस्टबिनमा मात्र फाल्न र परिसरभित्र मास्कको प्रयोग गर्न समेत अनुरोध गरिएको छ।

    Post Views: 38
    प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार १२:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.