• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक गीत विवाद: प्रियंका कार्की र दुर्गेश थापाले मागे माफी

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २, शनिबार ०७:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं ।अभिनेत्री तथा चलचित्र निर्माता प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।

    कार्कीले जारी गरेको विज्ञप्तिअनुसार, गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत चलचित्रमा समावेश गरिएको आधिकारिक गीत नभई प्रचारप्रसारका लागि मात्र तयार गरिएको थियो। उनले उक्त गीत चलचित्रको कथावस्तुको कुनै पनि भागमा नरहेको स्पष्ट पारेकी छन्।

    गीतमा प्रयोग भएका केही शब्द र दृश्यका कारण शिक्षक–शिक्षिका पेसा तथा यससँग सम्बन्धित व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्दै उठेका गुनासोलाई आफूले गम्भीरतापूर्वक लिएको कार्कीले उल्लेख गरेकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा कुनै पनि सम्मानित पेसा वा व्यक्तित्वप्रति नकारात्मक प्रभाव पार्ने उद्देश्य नरहेको भए पनि प्रस्तुतिका कारण अन्जानमै कसैको भावना आहत भएको स्वीकार गर्दै उनले व्यक्तिगत रूपमा तथा आफ्नो सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना व्यक्त गरेकी छन्।

    चलचित्र निर्माणको पहिलो यात्रामा रहेकी कार्कीले कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने मनसाय कहिल्यै नरहेको र भविष्यमा पनि त्यस्तो नहुने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले नेपाल शिक्षक महासंघ, सम्पूर्ण शिक्षक–शिक्षिका तथा यस घटनाबाट आहत भएका सबै दर्शकप्रति सम्मान व्यक्त गर्दै माफी मागेकी छन्।

    विवादपछि सम्बन्धित प्रचारात्मक गीत दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइएको र आफ्ना सम्पूर्ण सामाजिक सञ्जालबाट पनि त्यससँग सम्बन्धित सामग्री हटाइसकिएको जानकारी कार्कीले दिएकी छन्। साथै, प्राप्त सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा सिर्जना र विषयवस्तुको छनोटमा अझ संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता जनाएकी छन्।

    कार्कीले आफ्नो कलाकारिता यात्रामा दर्शकबाट प्राप्त माया, साथ र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेकी छन्।

    यसैबीच, गायक दुर्गेश थापाले पनि छुट्टै विज्ञप्ति जारी गर्दै विवादप्रति क्षमायाचना गरेका छन्।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार ०७:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.