• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २, शनिबार १०:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । देशभर निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डमा यातायात सेवा प्रभावित बनेको छ।

    कोशी प्रदेशमा मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो तथा वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यता भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।

    बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकमा सवारी सञ्चालन रोकिएको छ। काभ्रेको बिपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा सुरक्षाका कारण यातायात बन्द गरिएको छ। साथै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोटको ककनी क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध पारेको प्रहरीले जनाएको छ।

    गण्डकी प्रदेशमा बागलुङस्थित कालीगण्डकी करिडोर तथा गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन्।

    यसैबीच, वर्षा जारी रहेकाले थप बाढी र पहिरोको जोखिम कायम रहेको भन्दै यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा सडक विभागबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार १०:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.