• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २, शनिबार १०:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कारकास । गत साता भेनेजुएलामा आएका शक्तिशाली दुई भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ५ सयभन्दा माथि उक्लिएको छ । साथै करिब १८ हजार मानिस अझै पनि घरविहीन रहेको बताइएको छ ।

    सरकारी तथ्याङ्क उद्धृत गर्दै सांसद जर्ज रोद्रिगेजले सोमबार दिएको जानकारीअनुसार भूकम्पबाट हालसम्म ३ हजार ५३५ जनाको मृत्यु भएको छ भने १६ हजार ७४० जना घाइते भएका छन् । त्यस्तै, १७ हजार ८५४ जना घरविहीन भएका छन् ।

    सबैभन्दा बढी प्रभावित राजधानी काराकास र तटीय क्षेत्र ला गुआइरामा रहेका ८० वटा अस्थायी आश्रयस्थलमा कम्तीमा १२ हजार ८०० जना बसिरहेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार सोमबार ला गुआइरामा ट्रक र फरेन्सिक टोलीले शव बोकेर ल्याइरहेका देखिएका थिए । स्थानीय प्रशासनले सेता क्रसले चिन्ह लगाइएको खुला क्षेत्रमा मेसिन प्रयोग गरेर सामूहिक रूपमा शव गाडिरहेको दृश्य पनि देखिएको बताइएको छ ।

    गत जुन २४ मा केही सेकेन्डको अन्तरमा ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प काराकास र वरपरका क्षेत्रमा आएका थिए । ती भूकम्पका कारण करिब ६० हजार भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएको अनुमान गरिएको छ । विशेषज्ञहरूले अब भूकम्पपछि अर्को ठुलो स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिएका छन् । हजारौँ विस्थापित मानिसहरू भीडभाड भएका अस्थायी शिविर वा खुला आकाशमुनि बस्न बाध्य छन्, जहाँ स्वच्छ खानेपानी र आधारभूत सरसफाइको अभाव छ ।

    धेरै घाइतेले अझै उपचार पाएका छैनन् भने सङ्क्रामक रोग फैलिने जोखिम बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । देशको स्वास्थ्य प्रणालीले बढ्दो बिरामीको चाप थेग्न कठिनाइ भोगिरहेको जनाइएको छ । काराकासस्थित होस्पिटल होसे ग्रेगोरियो हेर्नान्डेजका ट्रमा विभाग प्रमुख युजेनियो कोभाले भूकम्पपछि लामो समयसम्म प्रभावित भएका बिरामीहरूमा सङ्क्रमण तीव्र रूपमा फैलिन सक्ने चेतावनी दिएका छन् । ‘जटिल चोटपटकका बिरामीको उपचार अझै जारी छ । तर अब सङ्क्रमणको समस्या थपिँदै गएकाले अवस्था झन् चुनौतीपूर्ण बन्दै गएको छ,’ उनले भने । एजेन्सी

    Post Views: 53
    प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार १०:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.