• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काठमाडौँ आवतजावत गर्ने सवारी र यात्रुलाई विशेष सावधानी अपनाउन अपिल

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २, शनिबार २०:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । मनसुनी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सडकमार्गबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्ने सबै सवारीसाधन र यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    जल तथा मौसम विज्ञान विभागले सम्भावित भारी वर्षालाई लक्षित गर्दै जारी गरेको ‘रेड अलर्ट’ सूचनापछि प्रशासनले यस्तो आग्रह गरेको हो।

    प्रशासनका अनुसार काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फ रहेका सबै प्रवेश तथा बाहिरिने नाकाबाट सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनका सवारीधनी, चालक, सहचालक तथा यात्रुले यात्रा गर्दा उच्च सतर्कता अपनाउनुपर्नेछ।

    विगतका वर्षहरूमा रातिको समयमा आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको अनुभवलाई मध्यनजर गर्दै सम्भावित भारी वर्षा हुने दिनमा विशेष गरी रातिको यात्रा सकेसम्म टार्न वा अत्यधिक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

    त्यसैगरी, यात्रा सुरु गर्नुअघि सम्बन्धित प्रहरी प्रशासनबाट सडकको अवस्था तथा अवरोधबारे यकिन जानकारी लिन, सडक अवरुद्ध भए यात्रुका लागि खाना र पिउने पानीको व्यवस्था गर्न तथा बाढी वा पहिरोको जोखिम नभएको सुरक्षित स्थानमा मात्र सवारीसाधन रोक्न अनुरोध गरिएको छ।

    कुनै आपत्कालीन अवस्था उत्पन्न भएमा नेपाल प्रहरी (१००), ट्राफिक प्रहरी (१०३) तथा सशस्त्र प्रहरी बल नेपाल (१११४ र १२३४) का टोल–फ्री नम्बरमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले सबैसँग अनुरोध गरेको छ।

    Post Views: 33
    प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार २०:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.