• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

वाईवाईसहित चार ब्रान्डका चाउचाउ बिक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न आदेश

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३, आईतवार ०७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि वाईवाईसहित चार ब्रान्डका चाउचाउका निश्चित ब्याच तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

    विभागका अनुसार बजार अनुगमनका क्रममा सङ्कलन गरिएका नमुनाको परीक्षण गर्दा बर्दियाको बाँसगढी–३ स्थित बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिद्वारा उत्पादित चार प्रकारका इन्स्ट्यान्ट नुडल्स न्यूनस्तरका भेटिएका हुन्।

    फिर्ता गर्न निर्देशन दिइएका उत्पादनहरूमा २५ ग्रामको गोलमोल इन्स्ट्यान्ट नुडल्स, ६० ग्रामको वाईवाई इन्स्ट्यान्ट नुडल्स, २५ ग्रामको प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स तथा ६० ग्रामको मामा इन्स्ट्यान्ट नुडल्स रहेका छन्।

    विभागले गोलमोल ब्रान्डको ब्याच नम्बर B/BM2 C 2083.01.11 (उत्पादन मिति: २०८३/०१/११), वाईवाई ब्रान्डको ब्याच नम्बर B/BM1-X-2026-05-14 (उत्पादन मिति: २०२६/०५/१४), प्रिमियम पिरो ब्रान्डको ब्याच नम्बर B/BM2 C 2083.01.28 (उत्पादन मिति: २०८३/०१/२८) तथा मामा ब्रान्डको ब्याच नम्बर B/BM1-X-2026-05-13 (उत्पादन मिति: २०२६/०५/१३) भएका उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो। यी सबै उत्पादनको उपभोग अवधि उत्पादन मितिदेखि १२ महिनासम्म उल्लेख गरिएको छ।

    विभागका अनुसार परीक्षणमा ती नमुनाहरू खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६(क) विपरीत न्यूनस्तरका पाइएका हुन्।

    ऐनको दफा ३८ को उपदफा (२) बमोजिम सम्बन्धित सबै ब्याचका उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा उपदफा (४) अनुसार ती उत्पादनको बिक्री–वितरण नगर्न र नगराउन विभागले सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार ०७:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.