• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३, आईतवार ०८:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – फ्रान्सका कप्तान किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्ने नयाँ कीर्तिमान कायम गरेका छन्। शनिबार मियामीमा सम्पन्न तेस्रो स्थानका लागि भएको रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग फ्रान्स ६–४ ले पराजित भए पनि एमबाप्पेले व्यक्तिगत उपलब्धि हासिल गर्दै इतिहास रचे।

    यस जितसँगै इङ्गल्यान्डले विश्वकपको कांस्य पदक जित्दै तेस्रो स्थान सुरक्षित गर्यो भने फ्रान्स चौथो स्थानमा सीमित भयो।

    २७ वर्षीय एमबाप्पेका लागि भने यो खेल अविस्मरणीय बन्यो। पहिलो हाफमा फ्रान्स ४–० ले पछि परेपछि उनले दोस्रो हाफको ४८औँ मिनेटमा गोल गर्दै टोलीको पुनरागमनको प्रयास सुरु गरेका थिए। त्यसको छ मिनेटपछि ब्राड्ली बार्कोलाले फ्रान्सका लागि दोस्रो गोल थपे।

    खेलको ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए। यो गोलसँगै जारी विश्वकप २०२६ मा उनको गोल संख्या १० पुगेको छ।

    गोल्डेन बुटको दौडमा पनि एमबाप्पे अहिले शीर्ष स्थानमा छन्। प्रतियोगिताभर अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसँग उनको कडा प्रतिस्पर्धा रहँदै आएको छ। ३९ वर्षीय मेसीका लागि सोमबार बिहान स्पेनविरुद्ध हुने फाइनल गोल्डेन बुटको प्रतिस्पर्धामा एमबाप्पेलाई उछिन्ने अन्तिम अवसर हुनेछ।

    फ्रान्सका लागि ओसमाने डेम्बेलेले पनि एक गोल गर्दै विश्वकपमा आफ्नो छैटौँ गोल पूरा गरे।

    इङ्गल्यान्डको जितमा बुकायो साका नायक बने। उनले शानदार ह्याट्रिक पूरा गरे भने जुड बेलिङ्घमले खेलको अन्त्यतिर छैटौँ गोल गर्दै टोलीको जित सुनिश्चित गरे। यससँगै बेलिङ्घमले जारी विश्वकपमा आफ्नो सातौँ गोल गर्दै एकै संस्करणमा इङ्गल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाए।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार ०८:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.