• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रोड्री बने गोल्डेन बल विजेता, एमबाप्पेले जिते गोल्डेन बुट

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ४, सोमबार ०५:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्री) ले फिफा विश्वकप २०२६ को एडिडास गोल्डेन बल अवार्ड जितेका छन्।

    स्पेनलाई १६ वर्षपछि विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै प्लेयर अफ दि टुर्नामेन्ट बने। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पार्दै गोल्डेन बल आफ्नो नाममा लेखाए।

    रोड्रीले कप्तानका रूपमा टोलीको नेतृत्व गर्नुका साथै मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको गति नियन्त्रण गर्दै आक्रमण र रक्षाबीच सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान दिए।

    उनकै कप्तानीमा स्पेनले सोमबार बिहान भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै १६ वर्षपछि दोस्रो पटक फिफा विश्वकपको उपाधि जित्यो। यसअघि स्पेनले सन् २०१० मा इकर क्यासियासको कप्तानीमा पहिलो पटक विश्वकप जितेको थियो। सन् २०१८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोड्री स्पेनलाई विश्वकप जिताउने दोस्रो कप्तान बने।

    गोल गर्नेभन्दा टोलीको मिडफिल्डलाई मजबुत बनाउने खेलाडीका रूपमा परिचित रोड्रीले सन् २०२४ मा विश्व फुटबलको प्रतिष्ठित बालोन डी’ओर अवार्ड पनि जितेका थिए। म्यानचेस्टर सिटीबाट क्लब फुटबल खेल्ने उनी फिफा विश्वकप, युइएफए च्याम्पियन्स लिग र बालोन डी’ओर जित्ने सीमित खेलाडीहरूको सूचीमा पनि समावेश भएका छन्।

    स्पेनले सन् २०२४ को युरोकप जित्दा पनि रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल अवार्ड जित्न सफल भएका थिए।

    यस संस्करणको गोल्डेन बलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सिल्भर बल तथा फ्रान्सका कप्तान किलियन एमबाप्पेले ब्रोन्ज बल अवार्ड जिते।

    यस्तै, स्पेनका गोलकिपर उनाई सिमोन उत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन ग्लोभ्स अवार्डका विजेता बने भने स्पेनकै १९ वर्षीय डिफेन्डर पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए।

    सिमोनले प्रतियोगिताभर ८ खेल खेल्दै ७ खेलमा क्लिनसिट राखेर नयाँ कीर्तिमान कायम गरे। उनले विश्वकपमा लगातार ६०० मिनेटभन्दा बढी समय गोल नखाने दुर्लभ उपलब्धि पनि हासिल गरे। उता, बार्सिलोनाका युवा डिफेन्डर कुबार्सीले स्पेनको रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरे।

    प्रतियोगिताभर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान किलियन एमबाप्पेले गोल्डेन बुट अवार्ड जिते। उनी लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने।

    अर्जेन्टिनाका लियोनल मेसीले ८ गोलसहित सिल्भर बुट जित्दा इंग्ल्यान्डका जुड बेलिङघमले ७ गोलसहित ब्रोन्ज बुट अवार्ड हात पारे।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ०५:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.