• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ४, सोमबार १०:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न आवश्यक स्वास्थ्य परीक्षणलाई थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्न पहल गरेको छ।

    विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका कुनै पनि चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको हो।

    विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिंह राईले गत असार ३२ गते जारी गरेको परिपत्रमार्फत उक्त अनुरोध गरिएको हो।

    परिपत्रमा हालको स्वास्थ्य परीक्षण प्रणालीका कारण सेवाग्राहीले अनावश्यक भीडभाड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिण्डिकेटजस्ता समस्या भोग्नुपरेको उल्लेख गरिएको छ। यस्ता समस्या समाधान गर्दै सेवा प्रवाहलाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउन नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका इजाजतप्राप्त चिकित्सकले जारी गर्ने स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

    मिति २०८३ जेठ १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई सो व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको विभागले जनाएको छ।

    संघीय सरकारको यस पहलबाट सवारी चालक अनुमतिपत्रका लागि गरिने स्वास्थ्य परीक्षण प्रक्रिया थप व्यवस्थित, मर्यादित र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ।

    यसैबीच, यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलसँग काउन्सिलमा दर्ता भएका मान्यता प्राप्त चिकित्सकहरूको विवरण पनि माग गरेको छ। विभागले साउन १ गते काउन्सिललाई पत्राचार गर्दै इजाजतप्राप्त चिकित्सकहरूको अद्यावधिक विवरण उपलब्ध गराइदिन अनुरोध गरेको हो।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार १०:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.